ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निजगढ अन्तरराष्ट्रिय विमानस्थल : ४ हजार ओटा रुख कटान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगिंदै

२०७७ बैशाख, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सांकेतिक स्केच
author avatar टीपी भुसाल

वैशाख २८, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ अन्तरराष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणको खरीद सम्झौता प्रक्रिया शीघ्र सम्पन्न निर्णय गरेको छ ।

निजगढ अन्तरराष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशिल रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको पाँचौं बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले वन तथा वातावरण मन्त्रालय अन्तर्गतको सेक्टर वन कार्यालय निजगढ, बाराद्वारा पेरिफेरी निर्माणका निम्ति ४ हजार ओटा रुख कटान–स्वीकृतीका लागि  मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले निजगढ विमानस्थल निर्माणका लागि गठन गरिएको कार्यदलले आफ्नो कार्य जिम्मेवारी बमोजिमका कार्यहरु यथाशिघ्र अगाडि बढाइ सोको प्रगति प्रतिवेदन १० दिन भित्र बुझाउन निर्देशन दिएको छ ।

विमानस्थल निर्माणको लागि लगानी बोर्डले निश्चित सयम सीमा तोकी जुरिच इन्टरनेशनलसँग सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलको प्रस्ताव माग गर्ने र सम्झौता प्रक्रिया पूरा गर्ने निर्णय पनि बैठकले गरेको छ । 

 त्यस्तै विसं २०७४ भदौ १९ मा  विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटानी गर्न  नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबिच भएको समझदारी पत्रको म्याद थप गरिने भएको छ ।साथै विमानस्थल निर्माण क्षेत्रभित्रका रुख तथा पोलहरुको लगत नम्वरिङ कार्य तत्काल अघि बढाइने भएको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)