ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संकटमा पोखराको पर्यटन व्यवसाय : पुनर्जीवन दिने विकल्प खोज्दै व्यवसायी

२०७७ बैशाख, २९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि पौड्याल

कास्की । विगत डेढ महीनादेखिको लकडाउनका कारण पोखराको पर्यटन व्यवसाय संकटमा परेको छ । ४ वर्षअघि विनाशकारी भूकम्पले चौपट भएको पर्यटन बजार विस्तारै उकासिँदै गरेको अवस्थामा कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनले पुनः संकटमा परेको यस क्षेत्रका पर्यटन व्यवसायी बताउँछन्् ।

नेपालमा मार्च, अप्रिल र मे महीनालाई पर्यटकीय मौसम मानिन्छ । विदेशी पर्यटकको चहलपहल हुने यही समय व्यावसायिक कारोबार हुने महत्वपूर्ण सिजन हो । तर मुख्य सिजनमै महामारी फैलिएपछि व्यवसायी चिन्तित भएका छन्् । व्यावसाय ठप्प हुँदा व्यावसायीले दैनिक करोडौं घाटा बेर्होनुपरेको छ । सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेसँगै पर्यटन व्यवसायीले यस क्षेत्रमा ठूलो लगानी समेत गरेका थिए । लकडाउन डेढ महीना बित्दासमेत संक्रमण नघटेको र व्यावसायिक वातावरण अनिश्चित भएपछि व्यवसायी झनै मारमा परेका हुन् ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले कोरोना संकटका कारण व्यवसायी पर्यटन क्षेत्रबाटै पलायन हुने अवस्था आएको बताए । ‘सबै होटल रेष्टुराँ बन्द छन्् । लेकसाइड पर्यटक विहीन अवस्थामा छ । कर्मचारीलाई उचित किसिमको व्यवस्थापन गर्न सकिएको छैन,’ उनले भने, ‘पर्यटन व्यवसाय ठप्प भएपछि यसले कालान्तरमा ठूलो प्रभाव पार्ने निश्चित छ । ठूलो आर्थिक लगानीमा सञ्चालित पर्यटन व्यवसाय लयमा फर्कन वर्षौं लाग्न सक्छ ।’ व्यवसाय पुनरुत्थानका लागि सरकारले विशेष आर्थिक प्याकेज ल्याउनुपर्ने र ऋण तिर्ने समय कम्तीमा कम्तीमा ५ वर्ष थप्नुपर्ने उनको भनाइ छ ।  

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन व्यवसायको मुख्य चुनौतीका रूपमा कर्मचारीको उचित व्यवस्थापन र बैंकबाट व्यवसायीले लिएको ऋण भुक्तानी रहेको बताए । उनले आफूहरू अब लगानीलाई कसरी सुरक्षित गर्ने भन्नेतर्फ केन्द्रित भएको बताए । संकटका बेला व्यवसायीको आर्थिक सुरक्षाका लागि राज्यले सूक्ष्म अध्ययन गरेर सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

पर्यटन टास्क फोर्सका सदस्य टीकाराम सापकोटाले कोरोना भाइरसको सबैभन्दा ठूलो प्रभाव पर्यटन क्षेत्रमा परेको बताए । टास्क फोर्सले प्रदेशको पर्यटन क्षेत्रमा लगानी, रोजगारी र पर्यटन क्षेत्रबाट सरकारले गर्ने आम्दानी लगायत विषयमा सर्वेक्षण गरिरहेको उनले बताए । टास्क फोर्सले पर्यटनसँग सम्बन्धित सर्वेक्षण एक हप्ताभित्र सकेर निजीक्षेत्रको लगानी सुरक्षित हुनेगरी प्रतिवेदन तयार पार्ने उनले जानकारी दिए ।

अल्प तथा दीर्घकालीन प्याकेजको माग
उद्योगी व्यवसायीले लकडाउनका कारण उद्योग व्यवसायलाई पहिलेकै अवस्थामा ल्याउन राहतका अल्पकालीन र दीर्घकालीन प्याकेजको माग गरेका छन् । गण्डकी प्रदेश उद्योग वाणिज्य संघ र पोखरा उद्योग वाणिज्य संघले लकडाउनका कारण निजी क्षेत्र संकटमा परेको भन्दै समस्या समाधानका लागि सरकारलाई उचित कदम चाल्न आग्रह गरेका हुन् । सरकारकै आदेशमा उद्योग व्यवसाय बन्द भएकाले मजदूरको दायित्वबाट सरकार विमुख हुन नहुने भन्दै व्यवसायीले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमबाट तलब खुवाउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

व्यवसायीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष २८ बुँदे ज्ञापनपत्र पेश गर्दै लकडाउन अवधिभर मजदूर र रोजगारदाता दुवैलाई मर्का नपर्नेगरी उचित कदम चाल्न माग गरेका हुन् ।

यस्तै, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान)ले पनि कोरोनाका कारण आर्थिक रूपमा ठूलो प्रभाव परेको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई भेटेर विभिन्न माग राखेको छ । एशोसिएशनका अध्यक्ष भीमसेन भुजेल सहितको टोलीले मुख्यमन्त्री गुरुङलाई कोरोनाका कारण पर्यटन क्षेत्रमा ठूलो संकट आइपरेको भन्दै प्रदेश सरकारका तर्फबाट विशेष सहयोग गर्न आग्रह गरेको हो ।  

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)