ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बस्तीमाथि सडक खन्दा सिंगो गाउँ जोखिममा

ठूल्ठूला ढुंगा बर्सिंदा स्थानीय त्रसित

२०७७ बैशाख, २९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

वैशाख २९, म्याग्दी । गाउँको शिरानबाट अव्यवस्थित रूपमा एक्स्कभेटरको प्रयोग गरी सडक निर्माण गर्दा म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन गाउँ उच्च जोखिममा परेको छ । अर्मन गाउँकोे सिरानीबाट स्थानीयको सहमतिविना सडक विस्तार गरेपछि तत्काल १२ घरधुरी उच्च जोखिममा रहेको स्थानीय तुलसी सुवेदीले बताइन् । 

किमचौर–कमिरे हुँदै धारा जोड्ने सडकले तलको अर्मन गाउँ पहिरोको जोखिममा परेको हो । ‘सिंगो अर्मन बस्ती नै पहिरोको चपेटामा परेकोे छ, लगातारको वर्षाले कुनै पनि बेला विस्थापित हुनुपर्ने अवस्था आएको छ,’ सुवेदीले भनिन् ।

ठूल्ठूला ढुंगा बस्नी नजिक आइपुगेकाले तत्काल व्यवस्थापन नगरे स्थानीय घनश्याम सुवेदी, दण्डपाणि सुवेदी, लक्ष्मी सुवेदी, बुद्धिप्रसाद कँडेल लगायत १२ परिवार विस्थापितको खतरा रहेको भन्दै स्थानीयले जनप्रतिनिधिलाई ध्यानार्कषण गराएका छन् ।

सडक विस्तारले शिशु कल्याण मावि नै जोखिममा परेको भन्दै लगातारको वर्षाले कुनै पनि बेला असर गर्नेतर्फ वडा अध्यक्ष भूपेन्द्रबहादुर खत्रीको समेत ध्यानाकर्षण गराइएको स्थानीयको भनाइ छ । 

‘वडाध्यक्ष गाउँमै हुनुहुन्छ, हामी विकास विरोधी होइनौं, गाउँ नै विस्तापित गर्ने अवस्थामा चुप लागेर बस्न सक्दैनौं,’ प्रेमबहादुर रोकाले भने । भिरालो जमिनमा बस्तीमाथिबाट डोजरले सडक खनिएकाले पनि जमिन हल्लिएर पानी पर्नासाथ पहिरो खस्न थालेको उनको भनाइ छ । 

करीब ८० लाख लागत अनुमान गरिएको सडक विस्तारको क्रममा कडा चट्टान पन्छाउनुपर्ने भएकाले समेत तत्काल व्यवस्थापन नगरे अर्मन गाउँका करीब ५० घरधुरी बाढीपहिरोको जोखिममा बस्नुपर्ने स्थानीयको भनाइ छ ।

स्थानीयले भौगोलिक र वातावरणीय मूल्यांकनविना नै धमाधम बस्तीमाथिबाट सडक निर्माण गरेको आरोप लगाएका छन् । ‘सानो पानी आउँदा पनि पहिरो खस्न थालेको छ, वर्खाको समयमा रातभर जागा बस्नुपर्छ,’ धनमाया सुवेदी गौतमले भनिन् । डोजरले खनिएको कच्ची सडकमा स्थानीयले तत्काल रोक्नुपर्ने माग गरेका छन् ।

गाउँमाथिबाट ठूला ढुंगा खस्ने थालेको अवस्थामा बस्तीलाई सुरक्षित बनाउन ढुंगा फुटाउन समेत स्थानीयले माग गरेका छन् । यता, वडाध्यक्ष खत्रीले निर्माणको कामलाई व्यवस्थित रूपमा अगाडि बनाउने आश्वासन दिएका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)