ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा २० बेड क्षमताको आइसोलेशन कक्ष निर्माण

२०७७ बैशाख, ३०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

वैशाख ३०, म्याग्दी । विगत केही दिनयता देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर म्याग्दीमा २० शय्या क्षमताको आइसोलेशन कक्ष निर्माण गरिएको छ ।

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र अलग उपचारका लागि म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्चस्थित शैक्षिक तालिम केन्द्रमा १५ बेड क्षमताको आइसोलेशन कक्ष निर्माण भैसकेको छ भने थप ५ बेड निर्माण गरिदैँ छ ।

कोरोना संक्रमण रोकथाम पूर्वतयारीस्वरूप जिल्ला विपद् व्यवस्थापन समिति, म्याग्दीका एक नगरपालिका सहित ६ ओटै स्थानीय तह र बेनी अस्पतालको आर्थिक व्यवस्थापनमा हाल १५ बेड तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

‘तत्काल १५ बेड तयार गरिएको छ, आवश्यकताको आधारमा थप पाँच बेड विस्तार गर्न सकिन्छ’ प्रजिअ ढकालले भने । आइसोलेशन कक्षमा आवश्यक पर्ने उपकरणहरू, जनशक्ती तथा विशेष किसिमको पूर्वाधारबाट तयार गरिएको छ । ३२ लाखको लागतमा तयार गरिएको कक्षमा १० बेड बेनी नगरपालिका, ५ बेड पाँचओटा स्थानीय तह, बाँकी विपद् व्यवस्थापन र बेनी अस्पतालले खर्च व्यहोर्ने छन् ।

सोमवार बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल, अस्पताल प्रमुख डा.अमृत अधिकारी, प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर, लगायतको उपस्थितिमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले बेड जडान तथा सरसफाई समेत गरेका छन् । 

आइसोलेशन कक्षमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मीको व्यवस्थापन बेनी अस्पतालले गर्ने अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

यसअगाडी माउण्ट एभरेष्टले हिलसाईडमा रहेको आफने खाली भवनलाई आइसोलेशन कक्ष बनाउन दिने निर्णय गरेपछि सवारीसाधनमा आवतजावत गर्न समस्या हुने भएकाले उक्त स्थानको विकल्पमा खुल्लामञ्चको तालिम केन्द्रको खाली भवन प्रयोग गरिएको कोभिड–१९ कमाण्ड पोष्टले जानकारी दिएको छ ।

जिल्लाका स्थानीय तहमा कुनै व्यक्तिमा संक्रमण भएको वा मिल्दोजुल्दो लक्षण देखिएको अवस्थामा चिकित्सकको निगरानीमा आइसोलेशनमा राखि छुट्टै उपचार गरिने छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)