ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एकै दिन ८३ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ बैशाख, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काडमाडौं । नेपालमा पहिलोपटक मंगलवार एकै दिन ८३ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । मंगलवार पर्सामा ५७, रूपन्देहीमा ९, कपिलवस्तुमा ८, महोत्तरीमा २, धनुषामा २, भक्तपुरमा २ र बारा, काठमाडौं र सर्लाहीमा १–१ जना गरी ८३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै मंगलवारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

नेपालमा पहिलो कोरोना पोजिटिभ व्यक्ति भेटिएपछि दोस्रो संक्रमित भेटिन १ महीना लागेको थियो । त्यसपछि एक वा दुई जनामा मात्र फाट्टफुट्ट संक्रमण देखिएकोमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सोमवार ( वैशाखमा २९) मा पनि २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण बढ्दै गएपछि दैनिक रूपमा परीक्षणको दायरा तीव्र बनाइएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभर २ हजार २३६ नमूना परीक्षण गरिएकोे छ ।

मंगलवारसम्ममा १८ हजार ९६४ नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ भने आरडीटी किट विधिबाट ५९ हजार ६२७ जनाको स्वाबको नमूना परीक्षण गरिएका छ । देशभर १२ हजार ७८५ जना क्वारेन्टाइनमा रहेका छन् भने २२८ जना आइसोलेशनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यसैबीच कोरोना संक्रमित बढेसँगै मध्यतराईको बारा र पर्सामा जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलवार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)