ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आव्हान

अपरान्ह साढे ४ बजे सर्वदलीय बैठक बस्दै 

२०७७ बैशाख, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

वैशाख ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तथा नेपाली भुमि लिपुलेकमा भारतले निर्माण गरेको सडक निर्माण लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको छ ।
 

बैठक अपरान्ह साढे ४ बजे बालुवाटारमा बस्ने छ । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरू तथा पूर्वप्रधानमन्त्रीहरू पनि सहभागी रहने बालुवाटा स्रोतले बताएको छ ।

यसैबीच भारतले सीमा मिचेर सडक निर्माण गरेको क्षेत्रमा बुधवार सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक सहितको टोली पुगेको छ ।

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट(बीओपी) स्थापना गर्न गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित सशस्त्रका एआईजी नारायणबहादुर थापाको  टोलि त्यहाँ पुगेको गृह मन्त्रालयले जानकारी दिएको छ । 

छाङरुस्थित बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको कमान्डमा २५ जना सशस्त्रको टोली  र नेपाल प्रहरीको पनि ९ जनाको टोली रहने छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)