ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उपत्यकाका तीनै जिल्लामा लकडाउन थप कडा गर्ने निर्णय

२०७७ जेठ, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ १, काठमाडौं  । गृह मन्त्रालयले उपत्यकामा समेत कोरोना भाइरसका संक्रमितहरु देखिन थालेपछि  शुक्रवारदेखि तीन जिल्लामा लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । 

काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा गृह मन्त्रालयमा आयोजित बैठकले लकडाउन कडा बनाउने निष्कर्ष निकालेको हो ।

उपत्यकाभन्दा बाहिरका जिल्लाले पास जारी गर्नुपर्ने भए अनिवार्य रुपमा गृह मन्त्रालयको समन्वयको आधारमा गर्नुपर्ने निर्णय भएको भएका मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

पछिल्लो पटक बुधवार बाहिरी जिल्लाबाट उपत्यका भित्रिएका तीन जना र बिहीवार उपचारका लागि आएकी एक जना ६ वर्षीया बालिका गरी चार जनालाई कोरोना संक्रमण देखिएको छ । 
उपत्यकाका तीन जिल्लामा यहि हिसावले संक्रमण बढे अवस्था नियन्त्रण बाहिर जाने भन्दै लकडाउन थप कडा बनाउने निर्णय भएको हो ।

बैठकले बाहिरी जिल्लाबाट उपत्यका भित्रिएका व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि गृहले उपत्यकाका तीन जिल्लाभित्र वितरण गरेका पासहरू पनि खारेज गर्ने निर्णय गरेको छ ।

पास खारेजको निर्णय जेठ ३ गतेदेखि लागू हुने उक्त मन्त्रालयले जानकारी दिएको छ । गृह मन्त्रालयले उपत्यका बाहिरका जिल्लामा स्थानीय प्रशासनले जारी गरेका सबै पास  भने बिहीवारबाटै खारेज गरिसकेको छ ।

त्यस्तै बैठकले उपत्यका प्रवेश गर्ने नाकामा अत्यावश्यक कामका लागि आउने व्यक्तिहरूको पनि अनिवार्य आरडीटी किट परीक्षण गरेर मात्रै प्रवेश गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले उपत्यकाका तीन जिल्लाको हकमा सरकारी कर्मचारी, बैंक वित्तीय संस्था लगायतका व्यक्तिहरूको हकमा नियामक निकायले जारी गरेको पास मात्र मान्य हुने निर्णय भएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)