ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारले आगामी वर्ष अधिकतम आन्तरिक स्रोत परिचालन गर्ने

२०७७ जेठ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

जेठ २, काठमाडौं । सरकारले आगामी वर्ष अधिकतम आन्तरिक स्रोत परिचालन गर्ने भएको छ ।

नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गदै राष्ट्रपती विद्यादेवी भण्डारीले सो कुरा बताउनुभयो । कोरोनाले गर्दा विश्वका अधिकांश मुलुकहरूको अर्थतन्त्रमा परिमार्जन आउने भएकाले सरकारले अधिकतम आन्तरिक स्रोत परिचालन गर्नेछ, नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारको अबको कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुनेछ, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो ।

कोरोनाका कारण प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

औद्योगिक कार्यहरु सुचारु गर्दै अर्थतन्त्रलाई गति दिने तथा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाईने राष्ट्रपति भण्डारीद्वारा घोषणा भएको नीति तथा कार्यक्रमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)