ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किसानको नाफा सुनिश्चित गरिने, उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिने  

२०७७ जेठ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

जेठ २, काठमाडौं । सरकारले किसानहरुले उत्पादन गर्ने कृषिजन्य वस्तुको सरकारले नाफा सुनिश्चित गर्ने भएको छ । 

आगामी वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले किसानहरुको नाफा सुनिश्चित गरिने, उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिने बताउनुभयो ।
उहाँका अनुसार आगामी तीन वर्षभित्र अव्यवस्थित बसोबासको अन्त्य गरिनेछ ।

निजी क्षेत्रको संलग्नतामा बन्द रहेका सरकारी स्वामित्वका उद्योग तथा संस्थानलाई उपयुक्त विधि तथा व्यवस्थापन बनाएर सञ्चालनमा ल्याइनेछ । दुवै छिमेकी देशको सहकार्यमा अन्तरदेशिय आर्थिक क्षेत्र बनाइनेछ । स्थानीय श्रम, सिप, स्रोत र साधन प्रयोग गरि औद्योगिक ग्राम विस्तारको काम प्रारम्भ गरिनेछ । 

भूउपयोग बमोजिम जग्गा वर्गिकरण गरिनेछ । राजमार्गको निश्चित दूरीमा खाने पानी र शौचालय निर्माणका लागि प्रोत्साहित गरिनेछ । सरकारले स्वच्छ नेपाल अभियान सञ्चालन गर्ने तथा राजधानीलगायत सहरलाई हरित सहर बनाइनेछ चुरे क्षेत्रको अनुचित दोहन पूर्ण रुपमा रोकिने नेपाली जडीबुटीको विशिष्ट ब्राण्डिङ गरि र्नियात गरिनेछ ।

भूमि ब्यांकको स्थापना गरिने र भूमिको चक्लाबन्दीलाई प्रोत्साहन गरिने र एकै प्रकारको बाली लगाउन किसानलाई उत्प्रेरित गरिनेछ । यसो गरेर एकै साथ उत्पादन वृद्धि र रोजगारीको सृजना गर्ने सरकारको कार्यक्रम छ । 

सबै प्रदेशमा खाद्य बचत भण्डारणको व्यवस्था गरिने उहाँले बताउनुभयो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)