ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौं प्रवेशमा थप  कडाई गर्ने निर्णय

पास नभएका सवारी र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक

२०७७ जेठ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ २, काठमाडौं  । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पास नभएका सवारी र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । 

शुक्रवार बसेको बसेको जिल्ला सुरक्षा समितिको बैठकले लकडाउनलाई थप कडाई गर्दै काठमाडौंका मूल सडक, भित्री सडक तथा गल्लीहरुमा विभिन्न बाहनामा मानिसहरूको अनावश्यक भीडभाड नगर्न अनुरोध गर्दै र त्यसो गरेको पाइएमा कारबाही गरिने निर्णय गरेको छ । 

बैठकले एम्बुलेन्स, शव वाहन, औषधि तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्याँस, खाद्य वस्तु, पशुपंक्षीजन्य आहारा, खसीबोका, राँगा, कुखुरा, माछा, तरकारी, फलफूल, निर्माण सामग्रीहरु बोकेका सवारीसाधनहरुलाई भने पास नचाहिने निर्णय गरेको छ । 

सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाहरुले आ–आफ्नो नियामक निकायहरुमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ । 

साथै बैठकले सञ्चारकर्मीहरु तथा मिडिया हाउसहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नियामक निकाय नतोकिएकाको हकमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

प्रशासनले यस अघि विभिन्न मितिमा जारी गरिएका सम्पूर्ण सवारी पासहरू पनि खारेज गरेको सूचना मार्फत जानकारी दिएको छ । निर्माण सामाग्री बोकेका हेभी सवारीलाई राति ८ बजेदेखि बिहान ६ बजेसम्म आवतजावत गर्न दिइने प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)