ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निजगढ विमानस्थलको निर्माण कार्य आगामी आवमा थालिने

दुई ओटा आन्तरिक विमानस्थल निर्माण कार्य अघि बढाइने 

२०७७ जेठ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ २, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण कार्य शुरु गर्ने भएको छ । यस्तै भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने र पोखरा विमानस्थल सम्पन्न गरी सञ्चालनको तयारी गरिने सरकारको योजना छ ।
 
राष्ट्रपति विद्यादेवि भण्डारीले शुक्रवार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको आगामी वर्षको नीति तथा कार्यक्रममा त्रिभुवन विमानस्थललाई आगामी वर्ष पूर्ण रुपमा बुटिक विमानस्थलको रुपमा रुपान्तरण गरिने उल्लेख छ । 

सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति भणडारीले नेपालका आन्तरिक ८ ओटा विमानस्थलको धावन मार्ग कालोपत्रे गरिने, पहाडी क्षेत्रमा हिल स्टेसन निर्माण गरी होटल निर्माण गर्न प्रोत्साहन गरिने तथा तेह्थुमको चुहान डाँडा, काभ्रको उपयुक्त स्थानमा गरी दुई ओटा आन्तरिक विमानस्थल निर्माण गरिने बताउनु भएको छ । 

यस्तै नीति तथा कार्यक्रममा हिमालको सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइने, ताल तथा वनस्पति उद्यानको विकास गर्दै पर्या–पर्यटनको विकास गरिने कुरा समावेश गरिएको छ । सरकारले हवाइ उड्डयन क्षेत्रमा नियामक र सेवा क्षेत्र छुट्टा छुट्टै कार्यान्वयनमा ल्याइउने भएको छ । 

यस सम्बन्धि विधेक संसदीय समितिमा पेश भईसकेको छ । यस्तै लुम्बिनी अवधारणा कार्यान्वयनमा ल्याइने, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने लगायतका कार्य गरिने नीति तथा कार्यक्रमा उल्लेख गरिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)