ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानियले लिन अस्विकार गरेपछि कोरला नाकामै अड्कियोे राहत 

२०७७ जेठ, ३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

जेठ ३, म्याग्दी । चीनले उपल्लो मुस्ताङका लागि पठाएको राहत सामग्री कोरला नाकामा नै अड्किएको छ । कोरोना संक्रमण हुने डरले मुस्ताङवासीले उक्त राहत सामग्री लिन अस्विकार गरेका हुन् । 

चीनले पठाएको राहत सामग्री उपल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानियले लिन अस्विकार गरेपछि सो राहत सामाग्री पाँच दिनदेखि कोरला नाकामा नै रहेको उपल्लो मुस्ताङको लोघ्याघर दामोदर कुण्डका अध्यक्ष तथा नेकपाका नेता राजु विष्टलाई उद्धृद् गर्दै एक स्थानीयले जानकारी दिएका छन् ।  

उनीहरुले चीनबाट प्राप्त राहत सीमामा रहेका चिनियाँ अधिकारीहरुलाई फिर्ता लैजान आग्रह समेत गरेका छन् । 

कोरोला नाका रहेको लोमान्थाङ गाउँपालिकाका वडाध्यक्ष ह्वाङ्ग कुंगा लामा र पासाङ गुरुङ मार्फत सीमामा रहेका चीन सरकारका प्रतिनिधीहरुले राहत पठाएको थियो । कोरोला नाकाबाट भित्रिएको राहत स्थानियहरुले नलिने सामुहिक निर्णय गरेर सीमामा रहेका चीन सरकारका प्रतिनिधीहरुलाई खबर समेत गरेका जानकारी दिइएको छ ।

कोरोना महामारी शुरुवात भएको देशबाट यस वर्ष कुनै पनि राहत नलिने कुरामा लोमान्थाङ गाउँपालिकाका स्थानिय एकमत भएपछि राहत कोरोला नाकामै अड्किरहेको छ । चीनले पनि उक्त राहत सामग्री फिर्ता लगेको छैन ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेस मुस्ताङका पूर्व सभापति सुवर्ण विष्टले स्थानिय जनतालाई भेला गरि राहत लिने वा नलिने भन्ने बारेमा छलफल गराएका थिए । स्थानियहरुले राहत नलिने सर्वसम्मत निर्णय गरेपछि राहत सामाग्री नाकामा नै अड्किएको अध्यक्ष विष्टले जानकारी दिएका छन् ।

चीनको सीमामा रहेका अधिकारीहरुलाई राहत फिर्ता लिन लोमान्थाङका अध्यक्ष विष्टले जानकारी गराएका छन् ।

माथिल्लो मुस्ताङमा तल्लो मुस्ताङबाट निर्माण सामग्री समेत लैजान स्थानियले रोकेका छन् । पहिला जीवन अनि मात्र विकास भनेर स्थानियले तल्लो मुस्ताङबाट सामग्री लैजान समेत रोकेको जिल्ला प्रसासन कार्यालयका एक अधिकारीले बताए । कोरोनाको समयमा किन चीनबाट सामान ल्याएको भनेर उल्टै राहत पाउने भनिएका मानिसहरु नै रिसाएका थिए ।

चीनले एक हजार बोरा चामल,  २०० बोरा दाल, नुन ३० बोरा,  खाने तेल तीन हजार लिटर, चिनी ५० बोरा, साबुन लगायतका सामाग्री पठाएको जानकारी दिइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)