ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको मोडालिटीबारे अर्को बैठकले थप निर्णय गर्ने

२०७७ जेठ, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ ४, काठमाडौं । कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि सरकारले थप १५ दिन लकडाउनको समय अवधि थप गर्ने निर्णय गरेको छ । आइतवार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले जेठ २० गते मंगलवारसम्म दिन लकडाउनको समय थप गर्न निर्णय गरेको हो । 

आइतवार दिउँसो बसेको कोरोना भाइरस (कोभिड– १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले संक्रमणको जोखिम कम गर्न लकडाउन नै उपयुक्त विकल्प भएको भन्दै थप कडाइका साथ लकडाउन गर्नुपर्ने निष्कर्ष निकाल्दै लकडाउनको समय थप्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले पछिल्लो पटक थप गरेको समय जेठ ५ गते सोमवार सकिँदै थियो ।

सरकारले पहिलोपटक ९ चैतदेखि लकडाउन लागू गरेको थियो । जतिबेला नेपालमा संक्रमितको संख्या दुई जना मात्र थियो । अहिले कोरोना भाइरस संक्रमितको संख्या २९५ पुगेको छ भने आइतवारसम्म दुई जनाको ज्यान समेत गएको छ । 

कोरोना भाइरसको संक्रमण र जोखिम झन् बढेको भन्दै सरकारले पटक पटक लकडाउनको थप  गर्दै आएको छ । 

आइतवारको बैठकमा विभिन्न विषयमा छलफल भएपनि समय थप गर्ने विषयमा मात्र निर्णय भएको अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । 

तर, आजको बैठकमा लकडाउनको  मोडालिटीबारे पनि थप निर्णय हुने भनिएपनि यसबारेमा कुनै निर्णय नभएको र ‘यस विषयमा अब बस्ने (कोभिड– १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले निर्णय गर्ने छ’, उनले भने ।
 
बैठकमा यस अघि गएिको निर्णय अनुसार स्वास्थ सुरक्षाको ख्याल गर्दै सरकारले तोकेका विभिन्न उद्योगहरु, विकास निर्माणका कामहरु र शहरी क्षेत्रमा हुने साना खालका विकास निर्माणका कामहरु सञ्चालनलाई निरन्तरता दिने निर्णय भएको डा. खतिवडाले बताए । 
 
यस अघि वैशाख २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले खाद्यान्न र अन्य अत्यावश्यक वस्तुको उत्पादन गर्दै आपूर्ती सहज बनाउन वैशाख २६ गतेबाट विभिन्न ४४ प्रकारका उद्योग सञ्चाल गर्न दिने निर्णय गरेको थियो । यस्तै विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग तथा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुसहितका उद्योग सञ्चालनमा ल्याउने निर्णय पनि गरेको थियो । 

आइतवारको बैठकले क्वारेन्टाइनमा रहेका व्यक्तिहरलाई श्रमसँग कसरी जोड्ने भनेर छलफल गरिएको र यसबारेमा पनि उच्च स्तरिय समितिबाट निर्णय हुने सरकारका प्रवक्ता समेत रहेका डा. खतिवडाले जानकारी दिए । 

यस्तै सीमामा रहेका नेपाली नागरिकहरूका साथै क्वारेन्टाइनको स्तर र क्षमता तथा सबै नागरिकको रोग प्रतिरोधात्मक क्षमता बढाउने विषयमा पनि छलफल भएको जानकारी दिए । 
 
लकडाउनमा रहिरहँदा अरु शारीरिक समस्याहरु पनि नहुन र, नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ भनेर सरकारको नीति तथा कार्यक्रममा आरोग्यको कुरालाई बढी जोड दिएका छौं’, उनले भने । 

यसैबीच आइतवारको बैठकमा सरकारले अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्सा सार्वजनिक गर्ने भनिएपनि त्यसबारे भने कुनै निर्णय सार्वजनिक गरिएको छैन । 

भूमि व्यवस्था तथा सहकारी मन्त्रालय स्रोतका अनुसार नापी विभागले तयार पारेको नेपालको नयाँ नक्सा आइतबार मन्त्रिपरिषदमा पेश गरिने बताइएको थियो । सरकारले नीति तथा कार्यक्रममासमेत लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गरिने प्रतिवद्धता उल्लेख गरिएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)