ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी सरकारको योजना : शिक्षण अस्पताल चलाउने

२०७७ जेठ, ५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

जेठ ५, कास्की । गण्डकी प्रदेश सरकारले शिक्षण अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ । प्रदेश सरकारले गण्डकी विश्वविद्यालय मातहत शिक्षण अस्पताल सञ्चालन गर्ने योजना अगाडी बढाएको हो ।

शिक्षण अस्पताल सञ्चालन गर्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङबीच छलफल भएको छ । अस्पताल सञ्चालन गर्नका लागि भएको छलफलमा दुई स्थान उपयुक्त देखिएको मुख्यमन्त्री गुरुङले जानकारी दिए । 

प्रदेश सरकरले विश्वविद्यालय गठन गर्ने कानून बनाएर कुलपति नियुक्ति गरेपछि विश्वविद्यालय अन्तरगत मेडिकल साइन्सेज कलेज सञ्चालनको गृहकार्य थालेको हो ।

प्रदेशका ११ ओटा अस्पताललाई गाडी

गण्डकी प्रदेश सरकारले प्रदेशका ११ ओटै जिल्ला अस्पताललाई गाडी उपलब्ध गराउने भएको छ । सरकारले रकमान्तर गरेर यसै आर्थिक वर्षमा प्रदेशका सवै जिल्लाका अस्पतालहरुलाई गाडी दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जिल्ला अस्पतालका लागि ११ ओटा स्कर्पियो किन्ने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको बताए । 

‘सम्बन्धित जिल्ला अस्पताललाई गाडी किन्नका लागि प्रदेशले बजेटको ब्यवस्था गर्ने छ’ उनले भने । गाडी खरीद गरेपछि त्यसको भुक्तानी आर्थिक मामिला तथा योजना मन्त्रालयले गर्ने उनले जानकारी दिए । 

स्कार्पिओ गाडीको अहिले बजार मूल्य  रू. ४८ लाख देखि ७१ लाखसम्म रहेको छ । सरकारले भने नयाँ मोडेलका गाडी किन्ने बताएको छ । नयाँ मोडेलको एउटा स्कर्पियोको मूल्य रू. ७१ लाखभन्दा बढी रहेको छ । 
 

दुई ठाउँमा विद्युतीय शवदाह गृह निर्माण गर्ने

गण्डकी सरकारले तनहुँको शुक्लागण्डकी र नवलपुरको त्रिवेणीमा विद्युतीय शवदाहगृह बनाउने भएको छ । शवदाह गृहका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने भन्सार छूटका लागि संघीय सरकारलाई सिफारिस गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

आगामी बजेटले शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने र पर्यटनलाई ब्युँझाउने गरी नयाँ प्याकेज ल्याउने लगायतका विषयलाई प्राथमिकतामा राखीने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)