ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्रमा सेन्टरका स्वास्थ्यकर्मी जोखिममा काम गर्न बाध्य

कोरोना परिक्षणको लागि पर्याप्त कीट समेत नभएको कर्मचारीको गुनासो

२०७७ जेठ, ५  
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ ५, काठमाडौं । नेपालका ७७ ओटै जिल्लाबाट  विरामीहरु आउने काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक तथा कर्मचारीहरु सुरक्षा सावधानीका सामग्रीको अभावमा जोखिम मोलेर काम गर्न बाध्य भएका छन् । 

कोरोना भाइरसको लागि आरडीटी परीक्षण  गर्न स्वास्थ्य  तथा जन संख्या मन्त्रालय तथा विभागले अस्पताललाई पर्याप्त कीट उपलब्ध नगराएको र पीसीआर परीक्षणको कुनै व्यवस्था नै नगरेकोले जोखिममा काम गर्न बाध्य भएको उनीहरुले गुनासो गरेका छन् । 

ट्रमा सेन्टरले लकडाउनको अवस्थामा पनि सबै नियमित सेवा संचालन गरिरहेको जानकारी दिएको छ । अहिले कोरोना संक्रमण देखिएका जिल्लाहरुबाट समेत विरामी आइरहेको तर अस्पताललाई कोरोना उपचारको लागि भनि नतोकिएको कारण पीपीईको अभावमा काम गर्न बाध्य हुनु परेको अस्पतालका एक कर्मचारीले बताए ।  

‘अस्पताललाई कोरोनाको उपचार गर्ने अस्पताल त भनिएको छैन् तर कोरोना संक्रमित व्यक्ति नै उपचारमा आएको रहेछ भने त्यसले निम्त्याउने जोखिम कति होला ?’ अस्पतालका एक जना कर्मचारीले प्रश्न गरे । 

ती कर्मचारीका अनुसार अहिले पनि देशैभरीबाट विरामी उक्त अस्पतालमा आउने गरेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारी र सहयोगीको लागि पीपीई उपलब्ध नगराएकोले अस्पतालवाट कोरोनाको संक्रमण फैलने जोखिम अत्याधिक रहेको  अस्पतालका कर्मचारीहरु बताउँछन् ।

 यस्तै उनीहरुले जोखिम मोलेर नियमित सेवा संचालन गरेपनि स्वास्थ्यकर्मी तथा कर्मचारीको लागि कुनै थप सेवा सुविधा उपलब्ध नगराएको गुनासो गरेका छन् । 

अस्पतालमा सेवा लिन आउनेहरुको स्क्रिनिङकोलागि  बनाएको फिवर  क्लिनिक पनि नाममात्रको रहेकोे र करीव ३०० जनाभन्दा बढी स्वास्थ्यकर्मी रहेको अस्पतालको फिवर क्लिनिक भने प्रशासनीक कर्मचारीबाट संचालन हुने गरेको छ ।

यता अस्पतालमा सेवा लिन आउने सेवाग्राहिहरुलाई व्यवस्थित गर्न  फिवर क्लिनिक, टिकट काउण्टर र फार्मेसी लगायतका ठाउँमा लाईन राख्दा सामाजिक दूरी कायम नगराएकोले पनि अस्पतालमा कोरोनाको जोखिम बढेको सेवाग्राहीको समेत गुनासो छ ।

अत्याधिक भिडभाड हुने सो अस्पतालमा सामाजिक दूरी कायम गरी  लाइन लाग्नको लागि कुनै संकेत चिन्ह समेत राखिएको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)