ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन उद्योगलाई बचाउन राज्यले बेवास्ता गर्‍यो : पर्यटन व्यवसायी 

बजेटमा अल्पकालीन तथा दिर्घकालीन विशेष कार्यक्रमहरु ल्याउन माग

२०७७ जेठ, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

जेठ ५, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट नराम्रोसंग प्रभावित भएको पर्यटन व्यवसायको पुर्नस्थापना गर्न राज्यले बेवास्ता गरेको विभिन्न एक दर्जन पर्यटनसँग सम्बद्ध संस्थाहरुले गुनासो गरेका छन् । 

पर्यटन व्यवसायसँग सम्वन्धित विभिन्न संघ संस्थाहरुले यो संकटबाट जुध्न ठोस नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सामुहिक रुपमा ज्ञापन पत्र बुझाउनेदेखि सरकारको ध्यानाकर्षण गराउंदै आएपनि 

सरकारकोे नीति तथा कार्यक्रममा पर्यटन व्यवसायीहरुको मर्म र भावना अनुरुप पर्यटन व्यवसायलाई पुनर्जीवन दिने खालको कुनै पनि ठोस नीति तथा कार्यक्रमहरु नआएको उनीहरुले बताएका छन् । 

सोमवार ती प्रतिनिधिमुलक संस्थाहरुले सामुहिक हस्ताक्षर सहित विज्ञप्ति जारी गरी देशकै अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन उद्योगलाई बचाउन राज्यले बेवास्ता गरेको भन्दै गम्भिर ध्यानाकर्षणसमेत भएको उल्लेख गरेका छन् । 

‘सरकारले आव्हान गरेको नेपाल भ्रमण वर्षलाई व्यापक रुपमा सफल बनाउन पर्यटन व्यवसायीहरुले यस क्षेत्रमा अर्बौंको थप लगानी गरेका थिए, पर्यटन व्यवसायीहरुको लगानीको संरक्षण गर्ने, सिथिल भइसकेको व्यवसायलाई पुनर्जीवन दिएर पुर्नस्थापना गर्ने सरकारको प्रमुख दायित्व हुनु पर्ने थियो, तर नीति तथा कार्यक्रममा महामारीको संक्रमणले विस्थापित अवस्थामा पुगेका पर्यटन व्यवसायीहरुलाई पुर्नउत्थान गर्ने कुनै पनि ठोस योजनाहरु घोषणा नगर्दा पर्यटन व्यवसायीहरलाई मर्माहत, अक्रान्त र निरास बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

व्यवसायीहरुले सरकारको सबै नीति नियमहरु पालना गर्दै, करोडौंको कर राज्यलाई नियमित रुपमा तिर्दै आइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा पर्यटन व्यवसायीहरुलाई कोरोनाको महामारीले निम्त्याएको जरजर अवस्थाबाट जोगाउनु राज्यको प्रमुख दायित्व पनि भएको बताउंदै आगामी बजेटमा पर्यटन व्यवसायलाई पुर्नउत्थान गर्ने कार्यक्रम ल्याउन माग गरेका छन् । 

यसरी विज्ञप्ति जारी गर्ने हरुमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्रभाल एजेन्ट्स, होटल एशोसिएशन नेपाल,ट्रेकिंग एजेन्सिज एशोसिएशन अफ नेपाल, नेपाल पर्यटक यातायात व्यवसायी संघ, नेपाल एशोसिएशन अफ टुर अपरेटर रहेका छन् ।

यस्तै अन्य संस्थाहरुमा सोसाइटी अफ टा«भल एण्ड टुर अपरेटर्स नेपाल, पाटा च्याप्टर नेपाल, नेपाल माउन्टेरिङ एशोसिएशन लगायत एक दर्जन संस्थाहरु रहेका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)