ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालको नयाँ नक्सा जारी गर्ने मन्त्रिपरिषदको निर्णय

२०७७ जेठ, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

जेठ ५ काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको हो ।
 

सरकारले प्रतिबद्धता व्यक्त गरे अनुरुपको नेपालको नयाँ नक्सा तयार पारेर आइतवारको मनित्रपरिषद बैठकबाट स्वीकृत गरेको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले जानकारी दिए ।  

भूमिसुधार मन्त्रालयले तयार पारेको नयाँ नक्सा आइतवार नै मन्त्रिपरिषमा पेश भएपनि निर्णय भने सोमवार मात्र भएको हो । आइतवारको बैठकबाट नयाँ नक्सा जारी गर्ने भनिएपनि आइतवार लकडाउन थप गर्ने विषयमा मात्र निर्णय भएको थियो । 

एतिहासिक तथ्यका आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएपनि भारतले गत नोभेम्बरमा आफ्नो नयाँ लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेर राजनीतिक नक्सा जारी गरेको थियो । त्यस लगतै नेपालमा भारतीय कदमको विरोध भएको थियो ।

पछिल्लो पटक गत महीना भारतले  तिब्बतको मानसरोवर जान लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै बनाएको सडक उद्घाटन नै गरेपनि यो विषयले नेपालको संसद र सड्क दुवैतर्फ चर्चा भएको थियो ।  

संसदीय समितिहरुले सरकारलाई नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

यस विषयमा  सरकारले भारतलाई कूटनीतिक नोट पठाएर सीमा विवादबारे परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न्न आग्रह गरेपनि भारतले उक्त प्रस्ताव टार्दै आएपछि अन्ततः नेपाल सरकारले नेपालको नयाँ नक्सा पारित गरेको हो । संवैधानिक रुपमा यो नक्सा पारित हुन भने बाँकी छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)