ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी सरकारले शिक्षण अस्पताल चलाउने

प्रदेशका ११ अस्पताललाई गाडी

२०७७ जेठ, ६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । गण्डकी प्रदेश सरकारले शिक्षण अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ । प्रदेश सरकारले गण्डकी विश्वविद्यालय मातहत शिक्षण अस्पताल सञ्चालन गर्ने योजना अगाडि बढाएको हो । शिक्षण अस्पताल सञ्चालन गर्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङबीच छलफल भएको छ । अस्पताल सञ्चालनका लागि दुई स्थान उपयुक्त देखिएको मुख्यमन्त्री गुरुङले जानकारी दिए ।

प्रदेश सरकरले विश्वविद्यालय गठन गर्ने कानून बनाएर कुलपति नियुक्ति गरेपछि विश्वविद्यालय अन्तर्गत मेडिकल साइन्सेज कलेज सञ्चालनको गृहकार्य थालेको हो ।
गण्डकी प्रदेश सरकारले प्रदेशका ११ ओटै जिल्ला अस्पताललाई गाडी उपलब्ध गराउने भएको छ । सरकारले रकमान्तर गरेर यसै आर्थिक वर्षमा प्रदेशका सबै जिल्ला अस्पताललाई गाडी दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जिल्ला अस्पताका लागि ११ ओटा गाडी किन्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको बताए । उनका अनुसार गाडी खरीदका लागि सरकारले सम्बन्धित जिल्ला अस्पताललाई बजेट दिनेछ । ‘सम्बन्धित जिल्ला अस्पताललाई गाडी किन्न प्रदेशले बजेटको व्यवस्था गर्नेछ,’ उनले भने । गाडी खरीद गरेपछि त्यसको भुक्तानी आर्थिक मामिला तथा योजना मन्त्रालयले गर्ने उनले जानकारी दिए । किन्न लागिएको गाडी (स्कार्पिओ फोरह्वीलर्ड)को अहिले बजार मूल्य ४८ लाखदेखि ७१ लाख रुपैयाँसम्म छ । सरकारले भने नयाँ मोडेलका गाडी किन्ने बताएको छ । नयाँ मोडलको एउटा स्कार्पियोको मूल्य ७१ लाखभन्दा बढी छ ।

यसैगरी गण्डकी सरकारले तनहुँको शुक्लागण्डकी र नवलपुरको त्रिवेणीमा विद्युतीय शवदाहगृह बनाउने भएको छ । शवदाह गृहका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने भन्सार छूटका लागि संघ सरकारलाई सिफारिश गर्ने मन्त्रिपरिषद् निर्णय गरेको छ । आगामी बजेटमा शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने र पर्यटनलाई पुनजीर्वित गर्नेगरी नयाँ प्याकेज ल्याउने तयारी सरकारले गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)