ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन उद्योग बचाउन राज्यले बेवास्ता गर्‍यो : पर्यटन व्यवसायी

बजेटमा अल्पकालीन तथा दीर्घकालीन विशेष कार्यक्रम ल्याउन माग

२०७७ जेठ, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट नराम्ररी प्रभावित भएको पर्यटन व्यवसायको पुनःस्थापनामा राज्यले बेवास्ता गरेको पर्यटनसम्बद्ध संघसंस्थाले गुनासो गरेका छन् । यो संकटसँग जुध्न ठोस नीति तथा कार्यक्रम ल्याउन आफूहरूले सरकारलाई सामूहिक रूपमा ज्ञापनपत्र बुझाउनेदेखि ध्यानाकर्षण गराउँदै आए पनि नीति तथा कार्यक्रममा पर्यटन व्यवसायलाई पुनर्जीवन दिनेखालको कुनै ठोस कार्यक्रम नआएको उनीहरूले बताएका छन् । सोमवार पर्यटन सम्बद्ध एक दर्जन संस्थाका अध्यक्षहरूले सामूहिक विज्ञप्ति जारी गर्दै यसप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । ‘नेपाल सरकारले आह्वान गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन पर्यटन व्यवसायीले यस क्षेत्रमा अर्बौंको थप लगानी गरेका थिए । पर्यटन व्यवसायीको लगानीको संरक्षण गर्ने, शिथिल भएको व्यवसायलाई पुनर्जीवन दिने सरकारको प्रमुख दायित्व हुनुपर्ने थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, नीति तथा कार्यक्रममा महामारीको संक्रमणले विस्थापित अवस्थामा पुगेका पर्यटन व्यवसायीलाई पुनरुत्थान गर्ने कुनै पनि ठोस योजना घोषणा नगर्दा निराश बनाएको छ ।’ आफूहरूले नेपाल सरकारको सबै नीति नियम पालना गर्दै करोडौंको कर राज्यलाई नियमित तिर्दै आएको भन्दै उनीहरूले पर्यटन व्यवसायलाई कोरोनाको संकटबाट जोगाउनु राज्यको प्रमुख दायित्व पनि भएको बताएका छन् ।

पर्यटन व्यवसायले कोरोनाबाट शुरूमै क्षति बेहोर्न पुगेको र पुनः सामान्य अवस्थमा फर्कन समेत अन्य व्यवसायभन्दा निकै लामो समय लाग्ने उल्लेख गर्दै उनीहरूले यस्तो महासंकटबाट बचाउन राज्य पछि हट्न नहुने औंल्याएका छन् । राज्यको संरक्षण नभए खर्बौंको लगानी डुब्ने र नेपालको समग्र पर्यटन उद्योग नै तहसनहस हुने खतरा रहेको उनीहरूको ठम्याइ छ । व्यवसायीहरूले जेठ १५ गते प्रस्तुत हुने आगामी आवको बजेटमा आफूहरूको माग सम्बोधन गर्दै राहतका अल्पकालीन तथा दीर्घकालीन विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् । यसरी विज्ञप्ति जारी गर्नेहरूमा नेपाल एशोशिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एशोसिएशन नेपाल (हान), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभिए), नेपाल एशोसिएशन अफ टुर अपरेटर (नाट्टो), सोसाइटी अफ टभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो), पाटा च्याप्टर नेपाल (पाटा) र नेपाल माउन्टेनियरिङ एशोशिएशन (एनएमए)का अध्यक्ष रहेका छन् । यस्तै टुरिष्ट बस एाशेसिएशन अफ नेपाल (टीबान), नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा), रेष्टुरेन्ट एण्ड बार एशोशिएशन अफ नेपाल (रेबान), एस्क्पिडिशन अपरेटर्स एशोसिएशन (ईओए)का अध्यक्ष समेत छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)