ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

केन्द्रीय बैंकद्वारा घरबाटै काम गर्ने मार्गदर्शन लागू

२०७७ जेठ, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

जेठ ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड– १९) को संक्रमण तथा लकडाउन अवधिभर ‘वर्क फ्रम होम’ मार्गदर्शन अनुसार कार्यालय सञ्चालन गर्ने भएको छ ।

राष्ट्र बैंकले बैंकको सेवा सञ्चालन मार्गदर्शन, २०७७ मार्फत कारोना जोखिम न्यूनीकरण एवं तथा स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारबाट घोषणा भएको बन्दाबन्दीको अवस्थामा समेत केन्द्रीय बैंकबाट सम्पादन भएको कार्यलाई निरन्तरता दिन घरबाटै काम गर्ने मार्गदर्शन लागू गरेको हो । 

घरबाट काम गर्ने स्वकृति पाएका राष्ट्र बैंकका कर्मचारीले निरन्तर रुपमा आफ्ना सुपरिवेक्षक तथा विभाग, महाशाखा, इकाई प्रमुखसँग सम्पर्कमा रहनु पर्ने र प्रमुखको निर्देशनअनुसार काम गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

टेलिफोन, मोबाइल, इमेल, एसएमएस, ग्रुप ईमेल, भाइबर, ह्वाट्स एप जस्ता प्रविधिमार्फत कार्यालय सञ्चालनको आवश्यक जानकारी तथा सूचना आदानप्रदान गर्नुपर्ने छ ।  साथै कर्मचारीको घरमा रहेको कम्प्यूटर तथा ल्यापटपबाट समेत कार्यालयको ईन्टरनेटको सूचना प्राप्त गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने भएको छ ।

मार्गदर्शनअनुसार सम्बन्धित विभागले सूचित गरेको समयमा अनिवार्य रुपमा कार्यालयमा आउनुपर्ने र इलाका छोडी जानुपरेमा पूर्व स्विकृती लिनुपर्ने छ । राष्ट्र बैंकले विभाग, कार्यालय, महाशाखा, इकाईको कार्य सम्पादनलाई निरन्तरता दिने जिम्मेवारी प्रमुखको रहने गरी जनशक्ति व्यवस्थापन गरेको छ । 

यस्तै मार्गदर्शन अनुसार कर्मचारीले कामको प्रकृति अनुसार घरमा बसी कार्यालयको कार्य सम्पादन गर्न सकिने व्यवस्था  गरिएको छ । कामको प्रकृति हेरेर विभागीय प्रमुखले घरबाट गर्ने वा कार्यालयबाट गर्ने भन्नेबारे यकिन गर्नुपर्ने छ । 

बढी कर्मचारीले कार्यालयबाट काम गर्नुपर्ने परिस्थिति आए सम्बन्धित विभागले जनशक्ति विभागबाट अनुमति लिनुपर्ने छ । साथै  बैंकले कोरोना संक्रमण देखिएका जिल्लाबाट फर्किएर आएका कर्मचारीले  जानकारी गराएर अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । 

यसैबीच राष्ट्र बैंकको बैंकिङ कार्यालय, मुद्रा व्यवस्थापन विभाग तथा प्रदेशस्थित कार्यालयबाट फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यलाई निरन्तरता दिइने छ ।

भौतीक दुरी लगायतका सतर्कता अपनाउंदै नगद कारोबारमा समेत संक्रमण हुन सक्ने जोखिम कम गर्ने उपाय अपनाउन समेत मार्ग दर्शनमा भनिएको छ । बैंक तथा वित्तीय संस्थाबाट नगद बुझ्दा शुरुमा शिलबन्दि बाकस बुझेर केहि दिनमा मात्र गणना गरिने भएको छ ।

नोट गणना गर्नुअघि डीइन्फेक्सन गर्न स्प्रे गर्ने, सकभर बैठकहरु भर्चुअल मात्र गर्ने, अत्यावशयक सेवा प्रवाहबारे कार्यविधि, नीतिगत व्यवस्था आदि परिमार्जन गर्नु परेमा विभाग प्रमुखले तत्काल व्यवस्थापन समितिमा प्रस्ताव पेश गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)