ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित १४६ जनाको स्वाब संकलन

२०७७ जेठ, ६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

जेठ ६, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित ६ जना मन्त्रीहरुको कोरोना परीक्षणका लागि स्वाब  संकलन गरिएको छ । 

प्रदेश सरकारले आह्वान गरेको संसद अधिबेशनको पुर्वसंध्यामा मुख्यमन्त्री, मन्त्री, सचिव र कर्मचारीलगायतको कोरोना परीक्षणका लागि ‘स्वाब’ संकलन गरिएको हो ।

मन्त्रीसहित मन्त्रालयका सचिव, कर्मचारी सहित पिएसओ, सुरक्षाकर्मी गरी १४६ जनाको स्वाब संकलन भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । 

गण्डकी प्रदेश सरकराले यही जेठ ११ गतेका लागि संसद बैठक आह्वान गरिसकेको छ । संसदमा सहभागि हुने सबै सांसद र कर्मचारीहरुको पनि परीक्षण गर्ने तयारी रहेको छ,’ न्यौपानेले भने, मुख्यमन्त्री र मन्त्री सहित कर्मचारीहरुको स्वाब संकलन भयो । सभामुख सहित अन्य सांसदको बुधवार स्वाब संकलन गर्ने तयारी रहेको छ ।’

सभामुख सहित अन्य सांसदहरुको स्वाब संकलन बुधवार बैठक आह्वान गरिएको स्थल पोखरा सभागृह हलमा नै गरिने भएको छ । प्रदेश प्रयोगशालाको प्राविधिक सहयोगमा स्वाब संकलन गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)