ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउन अवधिभर मोटर बीमाशुल्कमा छूट 

२०७७ जेठ, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

जेठ ६, काठमाडौं  । बीमा समितिले मोटर बीमामा लकडाउन अवधिभरको बीमाशुल्क छूट दिन निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । समितिले मंगलवार एक परिपत्र जारी गर्दै लकडाउन अवधिभरको बीमाशुल्क छूट दिन कम्पनीहरूलाई निर्देशन दिएको हो । 

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सरकारले गत चैत ११ गतेदेखि मुलुकभर बन्दाबन्दी (लकडाउन) लगाएको छ । लकडाउनबाट अधिकांश सवारीसाधन पूर्णरूपमा थन्किएका र केही सवारीसाधन आंशिक रूपमा चलेका छन् ।

सवारीसाधन नचलाउँदा जोखिम नहुने भएकाले बीमितहरूलाई बीमाशुल्कमा छूट दिने निर्णय गरिएको हो ।समितिका अनुसार वार्षिक बीमाशुल्कको १ तिहाइ रकम थन्किएको अवस्थाको जोखिमका लागि कट्टा गरिनेछ । बाँकी रहेको २ तिहाइ रकमबाट समानुपातिक रूपमा छूट दिने व्यवस्था कम्पनीले गर्नुपर्ने छ । 

यसरी बीमाशुल्क गणना गर्दा तेस्रो पक्ष, यात्रु र कर्मचारी बीमालगायत जोखिमको समेत हिसाब गर्नुपर्ने समितिको भनाइ छ । कम्पनीले वार्षिक बीमाशुल्कको २ तिहाइ रकमलाई ३६५ भाग गरेर १ दिनको बीमाशुल्क गणना गर्नुपर्नेछ । सोही १ दिनको बीमाशुल्क लकडाउन भएको दिनको आधारमा सम्बद्ध सवारीधनीले बीमाशुल्कमा छूट पाउने छन् ।

समितिका अनुसार बीमितले पाउने उक्त छूट अब बीमालेख नवीकरण गर्दा बीमाशुल्कमा समायोजन गरिनेछ । कम्पनी परिवर्तन गर्दा भने हालको कम्पनीले बीमालेख छूट दिएको रकमको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने परिपत्रमा उल्लेख छ । 

बीमा अवधिमा दाबी परेको सवारीसाधनको हकमा भने यो छूट लागू हुने छैन । लकडाउनका कारण सवारीसाधन थन्किएर बसेका छन् । त्यसैले जोखिम कम छ । यही आधारमा लकडाउन अवधिभरको बीमाशुल्कमा छूट दिने निर्णय गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । 

‘अहिले अधिकांश सवारीसाधन सञ्चालनमा नहुँदा जोखिम पनि छैन, त्यसैले यस्तो राहत दिएका हौं,’ उनले भने, ‘अब सम्बद्ध सवारीधनीले गत चैत ११ गतेदेखि लकडाउन अवधिभरिका लागि यो सुविधा पाउनेछन् ।’ समितिका अनुसार गत चैत ११ गतेदेखि लकडाउन समाप्त नभएसम्मका लागि सबै सवारीसाधन थन्किएको अवधि मानिनेछ । 

अत्यावश्यक सेवाका सवारीसाधनको हकमा भने सरकारले सूचना जारी गरी सञ्चालन गर्न दिएको अनुमतिको अवधिको आधारमा थन्किएको अवधि गणना गरिनेछ । सोही आधारमा नै सम्बद्ध सवारीधनीले बीमाशुल्कमा छूट पाउने समितिको भनाइ छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)