ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सार्वजनिक स्वास्थ संस्थाहरूले पनि आरडीटी र पीसीआर दुवै परीक्षण गर्न पाउने

मंगलवार थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०२ पुग्यो 

२०७७ जेठ, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सांकेतिक चित्र
author avatar टीपी भुसाल

जेठ ६, काठमाडौं । सरकारले तोकेका सार्वजनिक स्वास्थ संस्थाहरूमा गएर पनि कोराना भाइरस (कोभिड–१९) को आरडीटी र पीसीआर दुवै परीक्षण गर्न पाइने भएको छ ।

सरकारले ती स्वास्थ्य संस्थामा गएर परीक्षण गर्न पाउने निर्णय गरेसँगै स्वदेशी तथा विदेशी नागरिकहरूले लक्षण नदेखिएको भए पनि अव स्वेच्छाले तोकिएका सार्वजनिक संस्थाहरूमा गएर परीक्षण गर्न पाउने छन् । 

यसको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक स्वास्थ्य संस्था भने हुनुपर्ने छ । ती स्वास्थ संस्थाहरुले सःशुल्क रूपमा आरडीटी र पीसीआर दुवै परीक्षण गर्न पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

परीक्षणको लागि ती सार्वजनिक स्वास्थ्य संस्थाले तोकिएको मापदण्ड पूरा गर्नुपर्ने, सूचनाको गोपनीयता र नियमित रिपोर्टिङको शर्त अनिवार्य पालना गर्नुपर्नेछ । परीक्षणको दररेट भने सार्वजनिक स्वास्थ्य संस्थाहरूले नै तोक्ने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

उनका अनुसार राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र शर्त पालना गर्ने गरी तोकिएका सार्वजनिक संस्थाहरूलाई परीक्षण गर्न दिइने छ ।

परीक्षणको दायरा बढाउन यस्तो नीतिगत निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ । 
यसैबीच मंगलवार नेपालमा थप २७ जनामा कोरोना संक्रमण पूष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४०२ पुगेको छ । जसमध्ये ३४० जना र महिला ६२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

उनका अनुसार मंगलवार २४ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण देखिएको छ । गत २४ घण्टामा २ हजार २८० ओटा नमूना पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको उनले बताए ।

यस्तै हालसम्म ३२ हजार ६०४ ओटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ । देशभरका विभिन्न अस्पतालमा ४५७ जना आईसोलेशनमा रहेका छन् । ४५७ जना मध्ये २ जना मृतक रहेको डा देवकोटाले जानकारी दिए । मृतक बाग्मती प्रदेश र प्रदेश ५ मा  एक– एक जना रहेको उनले बताए ।

यस्तै देशभर २१ हजार ६०० जना क्वारेन्टाइनमा रहेका छन् । यसैबीच सोमवार दैलेखको आठविस नगरपालिका–१ का  एक जना पुरुषमा कोरोना देखिएसँगै सातै प्रदेशमा कोरोना संक्रमण फैलिएको छ । यसअघि कर्णाली प्रदेश बाहेकका अन्य प्रदेशमा कोरोना संक्रमणको पूष्टि भइसकेको थियो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)