ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिममा करीब ८ लाख विद्यार्थीको पढाइ प्रभावित

२०७७ जेठ, ७  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

जेठ ७, धनगढी । कोभिड १९ को विश्वव्यापी महामारी र यसको रोकथामका लागि जारी लकडाउनले सुदूरपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत झण्डै ८ लाख विद्यार्थीको पढाइ प्रभावित भएको छ । आधारभूत, माध्यमिक, सामुदायिक विद्यालयका साथै प्रारम्भिक बालविकास केन्द्र तथा सामुदायिक सिकाइ केन्द्रमा २०७६ को शैक्षिक सत्रमा ७ लाख ९२ हजार ८४९ बालबालिका भर्ना भएका थिए । लकडाउनका कारण एसईई परीक्षा दिन नपाएका परीक्षार्थी माथिल्लो कक्षा कसरी प्रवेश गर्ने भन्ने अन्योलमा छन् ।

द्वन्द्वपीडित परिवारका २१५ र मुक्त कमलरी ५२ बालबालिकासहित कैलालीमा मात्र २ लाख १० हजार ८०० विद्यार्थी नियमित कक्षाको पढाइ पूरा गर्न नपाउँदै घरमा बस्न बाध्य भएका छन् । यो संख्या कञ्चनपुरमा १ लाख ४४ हजार ४२९ छ । प्रदेशका १५४ आधारभूत र १०७ माध्यमिक विद्यालयमा अध्ययनरत अधिकांश स्कुले बालबालिकाको पढाइ रोकिन पुगेको शिक्षा विकास समन्वय एकाइले बताएको छ । ५५ अपांगतामैत्री विद्यालय रहेको कञ्चनपुरमा अहिले सबै तहका विद्यार्थीको दैनिक पठनपाठन रोकिएको वैजनाथ मावि महेन्द्रनगरका प्राचार्य विष्णुदत्त जोशीले बताए ।

लकडाउनका कारण विद्यालय खुल्न नसकेपछि अछाममा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म भर्ना भएका ८८ हजार ६८८ बालबालिकाको पढाइमा असर परेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख लक्ष्मण गिरी बताउँछन् । त्यस्तै दुई हजार ९८९ बालबालिका सहित डोटीमा ७१ हजार ५९ छात्रछात्राको पढाइ रोकिएको छ । डोटीमा प्राविधिक अन्तर्गत ६ मावि, ७ ओटा कलेज तथा एउटा प्राविधिक शिक्षालय रहे पनि हाल सबै बन्द रहेका छन् ।

यसैगरी २९७ आधारभूत, ८३ निमावि, ७९ मावि तथा २९३ बालविकास केन्द्र रहेको बझाङमा ५१ हजार ६०० तथा २९१ आधारभूत र ७३ माध्यमिक विद्यालय रहेको दार्चुलामा २४९ प्रारम्भिक बालविकास केन्द्र, २७८ आधारभूत तह र ६९ माध्यमिक तह छन् । यस्तै संस्थागत विद्यालयतर्फ १३ आधारभूत तह र चार माध्यमिक तहमा गरी ५१ हजार ५५३ बालबालिकामध्ये अधिकांशको पढाइ प्रभावित भएको शिक्षा विकास समन्वय इकाइले बताएको छ ।

त्यस्तै, बाजुरामा ५० हजार ९४७ र डँडेलधुरामा ४९ हजार बालबालिकाको पढाइ पनि पूरा नहुँदै रोकिन पुगेको छ भने बैतडीमा आधारभूत तहमा ५५ हजार ८६६, मावि तहमा ११ हजार ४२३ तथा बालविकासतर्फ ७ हजार ४८४ सहित  ७४ हजार ७७३ विद्यार्थीको पढाइमा बाधा पुगेको सम्बन्धित अधिकारीहरूले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)