ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक तथा अन्तरराष्टिय हवाई उडान जेठ मसान्तसम्म बन्द

२०७७ जेठ, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

जेठ ७, काठमाडौं  । सरकारले आन्तरिक तथा तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले जेठ १८ सम्म रहेको प्रतिबन्धलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

समितिको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए । गत जेठ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय अवधि १५ दिन थप गरी जेठ २० गतेसम्म लब्याउने निर्णय गरेपनि बैठकले हवाई उडानबारे भने कुनै निर्णय गरेको थिएन । 

सरकारले कोराना सम्भावित संक्रमणबाट जोगिन शुरुमा गत चैत ९ गते देखि १८ गते सम्म सबै अन्तरराष्ट्रिय उडान बन्द गर्ने घोषणा गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते  राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो घोषणा गर्नुभएको थियो । 

कोरोनाको संक्रमण बढ्दै जाँदा व्यवसायिक रुपमा हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडानको प्रतिबन्ध बढ्दै गएको छ । तर यो बीचमा विभिन्न कोरोना विरुद्धको औषधीजन्य सामग्री लिनको लागि कार्गो उडान र विभिन्न देशहरुले आफ्ना नागरिकको उद्धार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृतीमा चार्टर उडान भने गर्दै आएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)