ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिममा सडक ठेक्का सम्झौता धमाधम

२०७७ जेठ, ८  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिममा भौतिक पूर्वाधार विकास अन्तर्गत सडक निर्माणको ठेक्का सम्झौता धमाधम भइरहेको छ । कोभिड १९ का कारण केही समय रोकिएको सडक निर्माण र ठेक्का सम्झौताको काम चालू आवको अन्तिमतिर ठेक्का सम्झौता गर्ने क्रम बढ्दै गएको हो ।

२०५६ देखि निर्माण थालिएको ४१ किलोमिटर लामो बाजुराको मार्तडी–कोल्टी सडक कालोपत्रका लागि केही दिनअघि मात्र ९८ करोडमा ठेक्का सम्झौता गरिएको छ । संघ र प्रदेशको गरी १ अर्ब ५६ करोड ७५ लाख १२ हजार कुल बजेटमध्ये ९८ करोडको ठेक्का सम्झौता गरिएको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख इन्जिनीयर जंगबहादुर थापाले बताए । ‘यो सडक निर्माणमा अहिलेसम्म ३५ करोड खर्च भइसकेको छ,’ उनले भने ।

१५ ओटा पूर्वाधारका योजना रहेको डँडेलधुरामा ६६ किलोमिटर लामो उग्रतारा–मेलौली सडक निर्माणका लागि १४ करोडमा ठेक्का सम्झौता गरिएको छ । गत आवमा ८ किलोमिटर कालोपत्रका लागि १४ करोडमा ठेक्का सम्झौता गरिएकोमा प्रगति अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय डँडेलधुराका प्रमुख रामचन्द्र खत्रीले बताए ।
त्यस्तै बझाङमा दिपायल–पातिहाल्ला–साइपाल–हुम्ला १२० किलोमिटर लामो सडक निर्माणका लागि ५० करोडमा ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालयले बताएको छ । दार्चुलामा खंलगा–धुलीगडा–देथला–विटुले–पारिबगड १ सय किलोलिटरमध्ये १८ किलोमिटर कालोपत्रका लागि ५० करोडको निर्माण सम्झौता पनि अन्तिम चरणमा रहेको छ भने डोटीमा ३९ करोडमा निर्माण सम्झौता गरेर दुई चरणमा काम भइरहेको बताइएको छ ।

त्यस्तै राजपुर–खलेडी–दिरघामाण्डौ सडक निर्माणका लागि २३ करोड, राजपुर–वुडर–जोगबुढा सडक निर्माणका लागि ६० करोड तथा मारतडी–आटीचौर सिंरा खप्तड सडक निर्माणका लागि १० करोडमा ठेक्का सम्झौता गरिएको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख थापाले जानकारी दिए । प्रदेश सरकारले प्रदेश गौरवका सडक निर्माणका लागि चालू आवमा २५ करोडभन्दा बढी बजेट विनियोजन गरेकोमा केही योजनाको निर्माण सम्झौता अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार विकास मन्त्रालयले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)