ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनमा पनि ढल्केबर सबस्टेसन आयोजनामा निर्माण जारी

२०७७ जेठ, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar मिलन विश्वकर्मा

जेठ ८, काठमाडौं  । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको  लाकडाउनका बीचमा पनि धनुषामा निर्माणाधीन ४००/ २०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम भइरहेको छ ।

कोरोना कहरका बीचमापनि स्वास्थ्य सुरक्षासम्बन्धि प्रावधानहरुको पूर्ण रुपमापालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण भइरहेको हो । आयोजनाको निर्माण अन्तिम चरणमापुगेको छ ।

मुलुकभित्र पूर्व–पश्चिमविद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारकालागि निर्माण गएिको ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधियुक्त स्वचालित ढल्केबर सबस्टेसन मुलुकभित्रको सबैभन्दा ठूलो र  ४०० केभीप्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो ।

सबस्टेसनमा रहने उपकरण जडान एवं परीक्षण र बाँकी रहेका सिभिल संरचनाको निर्माणमा नेपाल, भारत र चीनका प्राविधिक तथा गैह्रप्राविाधिक गरी झण्डै ८० जना जनशक्ति खटिएका छन् ।

यहीअसार भित्रमा सबस्टेसनको निर्माण सम्पन्न गरी संचालन (चार्ज) गर्ने लक्ष्यकासाथ धमाधमकाम भइरहेको नेपाल विद्युत् प्राधिकरणक ाकार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । 

‘गत पुस/ माघमा तराईमा चलेको शीतलहरका कारण उपकरण जडान प्रभावित भयो, त्यसपछि कोरोनाका कारण चिनियाँ इञ्जिनीयरहरु आउन नसक्दा र नेपालमा लागू गरिएको लकडाउनले निर्माण प्रभावित भयो, अहिले सबै सुरक्षात्मक उपाय अपनाएर काम धमाधम भइरहेको छ, कार्यकारी निर्देशक घिसिङले बताए ।

कोलकात्ता विमनास्थलमा ल्याइएका उपकरणहरु अलपत्र परेपछि लकडाउनमा पनि आवश्यक सुरक्षात्मक उपाय अपनाएर नेपाल ल्याउनऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरेले भारतीय समकक्षीसँग आग्रह गरेका थिए ।

 त्यसपछि ९ ओटाट्रकमार्फत उपकरणहरु आयोजनास्थलमा ल्याइएको थियो ।चीनमा उत्पादित् उपकरणहरु भएकाले संचालन परीक्षणकालागि चिनियाँ इञ्जिनीयरहरु लकडाउन शुरु हुनुभन्दा पहिले नै आइसकेका छन् ।  

उपकरणको संचालनमा एक जना भारतीय इञ्जिनीयर आउनु पर्ने तर लकडाउनका कारण आउन नसक्ने भएपछि रिमोटमार्फत नै काम गर्न सक्ने व्यवस्था मिलाउनका लागि पहल भइरहेको घिसिङले जानकारी दिए ।

सबस्टेसनमा ३१५एमभीएका तीनओटा गरी ९४५एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहने छन् । जसले करीब ९०० मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछन् । ‘सम्भव भएसम्म तीनओटै र नभएमा कम्तिमा पनि दुईओटा पावर ट्रान्सफर्मर असारभित्रमा चार्ज गर्छौ’, कार्यकारी निर्देशक घिसिङले बताए ।

सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करीब १ हजार मेगावाट विद्युत् आयातनिर्यातका लागि पूर्वाधार तयार हुने छ । साथै ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने पूर्वाधार तयार हुनेछ ।

२२० केभीगोंगर(दोलखा)—खिम्ती—ढल्केबर प्रसारणलाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको माथिल्लो तामाकोशीको विद्युतलाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ ।  वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारणलाइन मार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ ।

हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्ने छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति पनि भइसकेको छ ।

ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारणलाइन २२० केभीमा संचालनमा छ । ढल्केबरमा ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४०० केभीमा संचालन हुने छ ।

सबस्टेसनमा ३१५एमभीएका तीनओटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहने छन् । जसले करीब ९०० मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछन् ।सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत असारभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी संचालनमा ल्याउने घोषणा गरेको छ ।

सबस्टेसन निर्माण भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनईए इञ्जिनीयरिङले गरिरहेकाछन् । नेपाल सरकार र विद्युत् प्राधिकरणको करीब रू. २ अर्ब लगानीमा सबस्टेसन निर्माण भइरहेको छ ।

प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसेम्बर सन् ८ सन २०१७ को ८ डिसेम्बरमा ठेक्का सम्झौताभएको थियो । प्राधिकरणले मकवानपुरको हेटौंडा र सुनसरीको इनरुवामापनि ४००/ २२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)