ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मन्त्रिपरिषद्को बैठकद्वारा संविधान संशोधन गर्ने निर्णय

निशान छापमा लिम्पियाधुरा सहितको नयाँ नक्सा समावेश हुने

२०७७ जेठ, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ ९, काठमाडौं । सरकारले संविधान संशोधन गर्ने निर्णय गरेको छ । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले जेठ ७ गते जारी नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्शालाई निशान छापमा समेट्नका लागि संविधान संशोधन गर्ने निर्णय गरेको हो । 

सरकारले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा,कालापानी र लिपुलेक समेत समेटेर नेपालको नयाँ नक्शा तयार पारेको थियो । यस अघि जेठ ५ गतेको  मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्शालाई स्वीकृत गरेको थियो ।

मन्त्रिपरिषद् बैठकको स्वीकृतपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जेठ ७ गते नक्सा सार्वजनिक गरेकी थिइन । 

नेपालको संविधानको अनुसूची ३ मा नेपालको निशान छापसम्बन्धी व्यवस्था रहेको छ । छापको बीचमा नेपालको नक्शा छ, जसमा भारतद्वारा अतिक्रमित लिम्पियाधुरा लगायतको भूभाग समेटिएको छैन । संघीय संसदको दुई तिहाई बहुमतले संविधान संशोधन गर्नसक्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको १३ गते बस्ने बैठकमा यो संविधान संशोधनको प्रस्ताव पेश गरिने छ । यस विषयमा नेपालका सबै राजनीतक दलको एउटै धारणा रहेकोले दुई तिहाई बहुमतबाटै पारित हुने सम्भावना छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)