ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाकिस्तान इन्टरनेसनल एअरलाइन्सको जहाज कराँचीमा दुर्घटना

१५ जनाको मृत्यु ,केही गम्भिर घाइते 

२०७७ जेठ, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ ९, कराँची ।  पाकिस्तान इन्टरनेसनल एअरलाइन्सको जहाज कराँचीमा दुर्घटनामा परेको छ । दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भएको पाकिस्तानि जियो टेलिभिजनले जानकारी दिएको छ ।

लाहोरबाट कराँचीका लागि उडेको विमान स्थानीय जिन्ना अन्तरराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको हो ।

लाहोरबाट उडेको पीके ८०३ नम्बरको कल साइनको उक्त जहाज स्थानीयसमयअनुसार दिउँसो साढे २ बजे अवतरण गर्ने क्रममा टावरसँग जहाजको सम्बन्ध सम्पर्कविच्छेद भएको पाकिस्तानी जीओ टेलिभिजनले जानकारी दिएको छ । 

प्रारम्भिक जानकारी अनुसार उक्त विमानमा चालकदलका १२ सदस्य सहित ८५ जना यात्रु रहेका थिए । विमान विमानस्थलको नजिकैको वस्तिमा दुर्घटना  भएकोले वस्तिमा समेत मानविय क्षति भएको अनुमान गरिएको छ । 

दुर्घटनास्थलमा कालो धुवाँ उडिरहेको र अहिले उद्धार जारी रहको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । पाकिस्तानले कोरोना भाइरसको विस्तार रोक्नका लागि पहिले लगाएको लकडाउन खोल्ने निर्णय गरेपछि हवाई उडानको अनुमति दिएको थियो । विमान दुर्घटनाका विषयमा थप विवरण आउन बाँकी छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)