ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महासेनानीको १ करोड ८५ लाख गैरकानूनी रुपमा आर्जन 

भ्रष्टाचार कसुरमा पदबाट हटाउने सैनिक अदालतको फैसला

२०७७ जेठ, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

जेठ १०, काठमाडौं । सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा एक महासेनानी सहित सो कार्यमा संलग्न अन्यलाई कारबाही गर्ने फैसला गरेको छ । 

सैनिक अदालतले श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको अभियोगमा महासेनानी भुपालमान अधिकारीलाई दुई महीना कैद र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने फैसला गरेको हो ।

सैनिक अदालतले महासेनानी अधिकारीले गैरकानूनी रुपमा आर्जन गरेको एक करोड ८५ लाख ४० हजार १०८ रुपैया ११ पैसा असुल उपर गर्ने निर्णय समेत गरेको नेपाली सेनाले जानकारी दिएको छ । 

यस्तै अन्य लाई कसुर अनुसारको कारबाही गर्ने फैसला पनि अदालतले गरेको छ । महासेनानी अधिकारीले सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित सैनिक आवासिय महविद्यालय, भक्तपुरमा रहँदा आर्थिक अनियमितता गरेको आरोप लागेको थिया । सैनिक अदालतले छानबिन समितिको प्रतिवेदनका आधारमा फैसला गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी  दिएको छ । 

त्यस्तै सैनिक अदालतले प्रमुख सेनानी देवबहादुर क्षेत्रीलाई दुई वर्ष बढुवा रोक्का गर्ने र ४ लाख ४० हजार असुल उपर गर्ने, हुद्धा यज्ञराज पोखरेललाई सेवाबाट हटाउने र तीन लाख साठी हजार असुल उपर गर्ने, हुद्धा गणेश बहादुर अधिकारीलाई दुई वर्ष तलब वृद्धि रोक्का गर्ने र दश हजार असुल उपर गर्ने फैसला गरेको छ । 

निर्देशनालयका अनुसार लेखा सह सेनानी सुरेन्द्र विक्रम भण्डारीले आर्थिक कार्यहरु गर्दा कानूनी प्रकृया अवलम्वन नगरी नगराई दोषी ठहरिएकाले नसियत दिने तथा सोेही मुद्दामा अन्य १३ जनाले अभियोग मागदावीबाट सफाई पाउने गरी ठहर फैसला गरेको छ । 

भ्रष्टाचारको अन्त्य गर्ने कडा नीति अख्तियार गर्दै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहीनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण विपरित कार्य गर्नेहरुलाई कारबाही गरिएको निर्देशनालयले जानकारी दिएको छ  । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)