ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३० हजार आरडीटी किटसहित २ हजार भीटीएम खरीद गर्दै सुदूरपश्चिम प्रदेश

२०७७ जेठ, ११  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । संघीय सरकारले मागबमोजिम आरडीटी र भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट उपलब्ध गराउन नसकेपछि सुदूरपश्चिम प्रदेश सरकार आफैले ती सामग्री खरीद गर्ने भएको छ । ३० हजार किट आरडीटी र २ हजार भीटीएम खरीदका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको हो । प्रदेशको स्वास्थ्य निर्देशनालयले यसअघि पटकपटक १ लाख किटको माग गर्दै संघीय सरकारलाई पत्राचार गर्दै आए पनि पर्याप्त पठाउन सकेको थिएन ।

संघीय सरकारले शुरूमा २० हजार किट उपलब्ध गराए पनि त्यसपछि भने खासै सहयोग नभएको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी बताउँछन् । सुदूरपश्चिममा ३१ दिनपछि शुक्रवार कैलालीमा तीन, बैतडी र डँडेलधुरामा एक÷एकजनामा कोरोना पोजेटिभ देखिएपछि मन्त्रालय आरडीटी किटलगायत स्वास्थ्य सामग्री खरीदमा जुटेको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए ।

मन्त्रालयका अनुसार अहिलेसम्म आरडीटीबाट २० हजार र पीसीआरबाट ४ हजारको हाराहारीमा परीक्षण गरिएको छ । भारतका विभिन्न राज्यबाट दक्षिणी नाका कैलालीको गौरीफन्टा र पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट मात्र यो एक साताको अवधिमा ६ हजारभन्दा बढी व्यक्ति नेपाल प्रवेश गरेका छन् । सीमाक्षेत्रमा करीब ७ सयको संख्यामा मात्र आरडीटी जाँच गरिएको छ भने बाँकी विनाजाँच प्रवेश गराइएकाले गाउँगाउँमा संक्रमणको जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ । सीमामा आइपुगेकाहरूलाई प्रदेश र स्थानीय सरकारले बसको व्यवस्था गरेर व्यक्तिगत विवरण तयार गरी सम्बन्धित जिल्लामा पठाउने काम गरिरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । प्रदेश सरकारले सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको भन्दै २४ शøयाको आइसोलेसन कक्षसहित जिल्ला समन्वय समितिको जमीनमा ५० शøयाको कोरोना अस्पताल निर्माण गरेको छ । प्रदेश सरकारको ९४ लाख बजेटमा सो अस्पताल निर्माण गरिएको हो । अस्पतालमा शनिवारदेखि कोरोनाका शंकास्पद व्यक्ति भर्ना लिन शुरू गरिएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए । यसअघि सेती प्रादेशिक अस्पतालमा २४ शøयाको आइसोलेसन वार्ड स्थापना गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)