ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक हवाई उडान शुरु गर्ने विषयमा गृहकार्य गर्दै प्राधिकरण  

हवाई उडान सञ्चालन निर्देशिका तयार गर्दै 

२०७७ जेठ, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ ११, काठमाडौं । कोरोना भाइरसको कारण दुई महीना लामो लकडाउनका बीच सरकारले आन्तरिक हवाई उडान शुरु गर्ने विषयमा गृहकार्य शुरु गरेको छ । 

लकडाउनकै बीचमा सिमित ठाउँमा भएपनि उडान शुरु गर्ने विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गृहकार्य जारी राखेको हो । सरकारले कोराना सम्भावित संक्रमणबाट जोगिन शुरुमा गत शुरुमा चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तरराष्ट्रिय उडान बन्द गर्ने घोषणा गरेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते  राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो घोषणा गर्नुभएको थियो । त्यसपछि सरकारले पटक पटक म्याद थप्दै आएको थियो । पछिल्लो पटक कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको गत बुधवार बसेको बैठकले आन्तरिक तथा तथा अन्तरराष्ट्रिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको थियो । 

जसले गर्दा संक्रमण बढ्दै जाँदा व्यवसायिक रुपमा हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडानको प्रतिबन्ध बढ्दै गएको छ । तर यो बीचमा विभिन्न कोरोना विरुद्धको औषधीजन्य सामग्री लिनको लागि कार्गो उडान र विभिन्न देशहरुले आफ्ना नागरिकको उद्धार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिमा चार्टर उडान भने गर्दै आएका छन् । 

विश्व स्वास्थ्य संगठन, अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) लगायतका संस्थाहरुको मापदण्डलाई समेत आधार बनाएर आन्तरिक उडान सञ्चालनका लागि छलफल भइरहेको क्यानका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । 

यसको लागि प्राधिकरणले निर्देशिका बनाउने अन्तिम तयारीमा प्राधिकरण जुटेको समेत उनले बताए । ‘जेठ मसान्तसम्म सबै व्यवसायिक उडान बन्द नै छन् तर पनि उडान खुलाउनु पर्ने अवस्था आएमा कसरी जाने भन्ने बारेमा क्यानले निरन्तर काम गरिरहेको छ’, उनले भने ।

महानिर्देशक पोखरेलका अनुसार अब विमानस्थल सञ्चालन हुँदा पहिले जस्तो नभई सामाजिक दुरी सहित प्यासेन्जरहरुको लाइन तथा अन्य भौतिक उपस्थितीलाई विशेष जोड दिइने छ । यसको लागि क्यानले आफ्ना कर्मचारी र विमानसेवा कम्पनीका कर्मचारीहरुको लागि पनि तालिम आयोजना गर्न लागेको उनले बताए । 

‘विमानस्थलको सञ्चालन कुनै एउटा निकायको भरमा मात्र हुन सक्दैन, त्यसैले हामीले अन्य देशमा भइरहेका अभ्यास तथा नियमनकारी निकायहरुका निर्देशन र निर्देशिका अनुसरण गर्दै तयारी गरिरहेका छौं उनले भने यद्यपी उडान सुरु गर्ने नगर्ने भन्ने निर्णय उच्चतहबाट हुनेछ ।’ 

विमानस्थल कसरी सञ्चालन गर्ने भन्नेबारे निर्देशिका बनिरहेको जानकारी दिँदै उनले मस्यौदाका रुपमा पारित सबै विमानस्थल र विमानसेवा कम्पनीहरुलाई पठाइने महानिर्देशक पोखरेलले जानकारी दिए । प्राधिकरणका अनुसार  निर्देशिकामा स्वास्थ्य मापदण्डअनुरुप सामाजिक दूरी कायमदेखि स्वास्थ्य सतर्कताका लागि सेनिटाइजर, मास्क उपयोग गर्नेजस्ता विषय समेटिने छन् । 

लकडाउनको अवस्था कतिसम्म बढने हो त्यो निश्चित नभएकोले सुरक्षा मापदण्ड अपनाउँदै उडान शुरु गर्नुको विकल्प नभएको हवाई सेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता योगराज शर्मा कंडेलले बताए । 

उनले आफूहरु सरकार र नियामक निकायले बनाएको निर्देशन बमोजिम सेवा सुरु गर्न तयार रहको र सोही अनुसार आफूहरुले तयारी गरेको समेत जानकारी दिए । प्रवक्ता कंडेलका अनुसार अहिले फिक्स वीङतर्फ  सरकारी नेपाल वायुसेवा निगम र निजी तर्फ सिता एअर, समिट र तारा एअरले कार्गो उडान सेवा दिइरहको बताए । यस्तै उद्धारको लागि माउण्टेन, कैलास, सिम्रिक, मनाङले सेवा दिइरहेकोमा आइतवारदेखि हेलि एभरेष्टले पनि सेवा शुरु गरेको जानकारी दिए । 

यसैबीच कोरोना संक्रमणले उडान सेवा बन्द भएपनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट यो बीचमा कार्गो र उद्धार जस्ता उडान गरी ६६ ओटा अन्तरराष्ट्रिय उडान भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)