ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूर्वराजाको तस्वीर अंकित नोट चलनचल्तिका लागि अब अयोग्य

नोटमा पूर्व सतर्कता अपनाउन राष्ट्र बैंकको निर्देशन

२०७७ जेठ, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

जेठ ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा सटही गर्नुपूर्व नोटलाई निश्चित प्रक्रिया अपनाई जीवाणु तथा भाइरसरहित गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आइतवार परिपत्र जारी गर्दै  पुर्वराजाको तस्वीर अंकित नेपाली नोट चलनचल्तिमा नल्याउन निर्देशन दिएको छ ।

साथै केन्द्रीय बैंकले सर्वसाधारणबाट जम्मा भएको पुर्वराजाको तस्वीरसहितको नोट पुन : सर्वसाधारणमा प्रवाह नगर्न भनेको हो । तर तत्कालै ती नोटहरू प्रतिबन्धित भने हुने छैनन् ।
बैंकले सफा नोट नीति कार्यान्वयन गर्ने क्रममा उक्त निर्देशन दिएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम नोटबाट पनि हुन सक्ने भएको भन्दै यस्तो पूर्व सतर्कता अपनाउन जोड दिएको हो । केन्द्रीय बैंकले बैंकहरुलाई नोट राख्ने दराज, फर्निचर, भल्ट, नोट ओसारपसार गर्ने सामग्री सफा राख्न पनि भनेको छ ।

साथै नोट भण्डारण गर्ने ढुकुटी र कारोबार गर्ने कक्षहरुमा यथोचित प्रकाश तथा एक्सहस्ट पंखा आदिको प्रयोग गरी पर्याप्त हावाको व्यवस्था गर्नसमेत उसले बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ ।

यससँगै केन्द्रीय बैंकले सफा नोट नीति–२०७३ लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअनुसार नोटलाई तीन वर्गमा वर्गीकरण गर्नुपर्ने नीति लागू गरिएको छ ।अब बैंक तथा वित्तीय संस्थाहरुले एटीएमलगायतका मेशीनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङको स्लिप प्रयोग गर्नुपर्नेे छ ।

बैंकहरुले प्राप्त नोटलाई एटीएमलगायतमा मेशिनका माध्यमबाट चलनचल्तिमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गर्न योग्य वा चलनचल्तिमा पठाउन अयोग्य भनेर अनिवार्य रुपमा छुट्याउनु पर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक विश्रुत थापाले बताए ।

उनका अनुसार बैंकहरुले काउन्टरबाट भुक्तानी गरी चलनचल्तिमा पठाउन योग्य नोटको प्याकेटलाई सेतो रङको स्लिप प्रयोग गर्नुपर्ने छ भने चलनचल्तिमा उठाउन अयोग्यलाई रातो रङको स्लिप प्रयोग गर्नुपर्ने छ ।

यससँगै विभिन्न रङ प्रयोग गरिएका नोटको स्लिपमा सम्बन्धित बैंक वित्तीय संस्थाको नाम, कार्यालय वा शाखाको नाम, छाप, नोट गन्ति गर्ने कर्मचारीको नाम लगायतका विवरण खुलाउनु पर्नेछ । नोटमा स्टिच लगाउन नपाइने उक्त नीतिमा उल्लेख छ ।

यस्तै झुत्रिएका, मक्किएका, जलेको, गलेको, लुलो भएको , किराले खाएका अक्षर, अंक चित्र, सुरक्षण नबुझिएको लगायतका नोट तथा पूर्वराजाको तस्वीर अंकित नोटलाई पुन : निष्काशन अयोग्य नोटको रुपमा वर्गिकरण गर्नुपर्ने र चलनचल्तिमा नपठाउन राष्ट्र बैंकले भनेको छ ।

चलनचल्तिमा पठाउन अयोग्य नोटलाई नोटकोष वा नेपाल राष्ट्र बैंकमा जम्मा गर्न पनि भनिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)