ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाको कहरसँगै गाउँ विकासको लहर

गर्जरामा सडक पुर्‍याउन श्रमदानमा जुटे स्थानीयवासी

२०७७ जेठ, १२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । २ महीना लामो लकडाउनका बीच म्याग्दीको ग्रामीण क्षेत्रमा समुदायकै पहलमा विकासको समेत लहर चलेको छ । कोरोना कहरसँगै मालिका गाउँपालिका–४ गर्जरा गाउँका स्थानीय बासिन्दा व्यक्तिगत दूरी कायम गरेर सडक निर्माण गर्न कस्सिएका छन् ।  

कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण रोजगारी गुमेर गाउँ फर्किएका गर्जरावासी र अन्य मजदूर परिचालन गरेर सडक निर्माण थालिएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताइन् । दरवाङ–देवीस्थान सडकको खार्लेस्थित घुम्तीबाट गर्जराको चुनाले जोड्ने सडक बनाउन मालिका गाउँपालिकाले यस वर्ष ३ लाख रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष बिटालुको भनाइ छ ।

प्राविधिकले १०० मिटर सडक निर्माण गर्ने अनुमान गरे पनि स्थानीयवासीले २०० मिटर खन्ने तयारी गरेका छन् । ३४ घरधुरीका एक÷एक जनाले ७ दिनका दरले काम गरिसकेका छन् । थप १० दिन काम गर्ने उनीहरूको योजना छ ।

डोजर प्रयोग गर्दा पहिरोको जोखिम भएकाले बाउसो, गैंची, बेल्चा, गल, घन लगायत घरेलु औजारसहित स्थानीय मजदूर परिचालन गरेर सडक बनाउन लागिएको उपभोक्ता समितिका अध्यक्ष गिरीप्रसाद बोहोराले बताए । ‘लकडाउनमा घरमै बसेका मजदूर र विपन्न परिवारलाई रोजगारी पनि मिल्ने तथा विपद्को जोखिम नहुने भएकाले मजदूरबाटै सडक खन्न थालेका हौं,’ उनले भने । खार्लेदेखि चुनालेसम्मको दूरी एक किलोमिटर ५ सय मिटर छ । ३४ घरधुरीको बसोवास रहेको गर्जरा गाउँमा हालसम्म सडक सुविधा पुगेको छैन ।

सडक नहुँदा खाद्यान्न, निर्माण सामग्री ढुवानी र कृषि तथा पशुजन्य वस्तु ढुवानीमा खच्चर र भरियाको प्रयोग गर्दै आएका छन् । गर्जराका अधिकांश बासिन्दा ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्छन् । कोरोनाको त्रास र जारी लकडाउपछि उनीहरूको नियमित रोजगारी गुमेर फुर्सदिला भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)