ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनभर विदेशी मुद्रामा विप्रेषण प्राप्त गर्न निर्देशन

अधिकतम सीमा प्रतिपटक प्रतिव्यक्ति १ हजार ५०० डलर

२०७७ जेठ, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

जेठ १२, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कोभिड –१९ को विद्यमान अवस्था कायम रहेसम्म विप्रेषणका सबै रकम  विदेशी मुद्रामा लिनुपर्ने भएको छ ।
 

नेपाल राष्ट्र बैंकले सोमवार सूचना जारी गर्दै सो अवधिभरका विप्रेषण तथा कमिसन विदेशी मुद्रामा लिन निर्देशन दिएको हो । साथै केन्द्रीय बैंकलेले विप्रेषण भइआएका सम्पूर्ण रकम तथा कमिसन विदेशी मुद्रामा प्राप्त गर्नुपर्ने व्यवस्था गरेको छ ।

कोभिड– १९ को विद्यमान अवस्था कायम रहेसम्मको अवधिका लागि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपाली कामदार कार्यरत कम्पनी तथा त्यस देशमा रहेका बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा कामदार कार्यरत कम्पनीले सम्बन्धित बैंकमा खाता खोल्नुपर्ने छ ।

यससँगै उक्त खातामा कामदारको पारिश्रमिक जम्मा गर्ने, खातामा रहेको रकम मध्येबाट कम्पनी प्रतिनिधिको अनुरोधमा कामदारले तोकेको हिताधिकारीको नाममा भुक्तानी हुने गरी विदेशी मुद्रा विप्रेषण गरेर नेपाल पठाउनु पर्ने राष्ट्र बैंक विनमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए । 

‘यस्तो रकम नेपालमा प्राप्त गरीसकेपछि सम्बन्धित विप्रेषण प्रदायकले नेपालस्थित हिताधिकारीलाई विद्यमान व्यवस्था अनुरुप भुक्तानी गर्नुपर्ने छ’, उनले भने, ‘बिदेशबाट रकम पठाउने बैंकले नेपालमा रहेको हिताधिकारीको सम्पूर्ण विवरण विद्यमान व्यवस्था अनुरुप उपलब्ध गराउनु पर्छ, यसरी प्राप्त विवरणको आधारमा नेपालस्थित विप्रेषण प्रदायक बैंक तथा वित्तीय संस्था एवं कम्पनीले अन्तिम हिताधिकारी यकिन गरी नेपाली रुपियाँमा भुक्तानी गर्नुपर्ने छ ।’ 

यस व्यवस्थाअन्तर्गत कारोबारको सीमा प्रतिदिन प्रतिपटक प्रतिव्यक्ति अधिकतम १ हजार ५०० डलरसम्म तोकिएको छ । यसअनुसार कारोबार नभए कारवाही हुने राष्ट्र बैंकले चेतावनी दिएको छ ।

साथै यस्तो कारोबार गर्दा सम्पत्ती शुद्धीकरण (एएमएल/  सिएफटी) लाई पालना गर्नुपर्ने छ ।  यसरी कारोबार गर्दा अस्वाभाविक कारोबार भएको पाइएमा तत्काल कारोबार बन्द गरी राष्ट्र बैंकलाई सुचित गर्नसमेत भनिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)