ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याइने : प्रधानमन्त्री

२०७७ जेठ, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ १२,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताउनु भएको छ । 

सोमवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताउनु भएको छ । 

प्रधानमन्त्रीले सम्बोधनमा विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्ने समेत बताउनु भयो । 

विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरूको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने भएपनि त्यसो नगर्दा छिमेकी मित्रराष्ट्र भारतबाट घर फर्किनेहरूलाई सीमा पार गर्नुअघि अनिवार्य परीक्षण नभएका कारण समुदायस्तरमा महामारी फैलिएको प्रधानमन्त्रीको धारणा छ । 

‘विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरूको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदायस्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो’ प्रधानमन्त्रीले भन्नुभयो ‘तर, छिमेकी मित्रराष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरू नियमको पालना र परीक्षण बिना नै अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ ।’

प्रधानमन्त्री ओलीले महामारीलाई नियन्त्रण गर्न प्रारम्भिक दिनका तयारीमा केही अलमलजस्तो देखिएतापनि हालसम्म आइपुग्दा हामीले लिएका कदमहरु सफल भएको दाबी गर्नु भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)