ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको सदुपयोग : भकिम्लीका ६१ घरका छाना फेरिए

२०७७ जेठ, १३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका जनप्रतिनिधि लकडाउन सदुपयोग गर्दै वडालाई खरको छाना मुक्त बनाउन सफल भएका छन् । लकडाउनको ५४औं दिन आइतवारसम्म भकिम्लीका ६१ ओटा घरका छाना फेरिएका छन् । खरले छाएका छाना भत्काएर जस्तापाताले छाइएको छ ।

बेनी नगरपालिकाको शतप्रतिशत अनुदानमा भकिम्लीका ६१ घरमा खरको छाना हटाएर जस्तापाताले छाइएको वडाध्यक्ष पदम पुनले जानकारी दिए । गरीब र दलित समुदायका अधिकांश घरको छाना फेरिएको छ । त्यसैगरी २१ एकल महिलाका घरका छाना समेत फेरिएको वडाध्यक्ष पुनले बताए ।

नगरपालिकाको रू. २० लाख २४ हजार अनुदानमा जस्तापाता खरीद गरेर छाना परिवर्तन गरिएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए । नगरवासीका घरको खरको छाना फेर्न चालू आर्थिक वर्ष २०७६्/७७ मा नगरपालिकाले रू. ७० लाख विनियोजन गरेको छ । छाना फेर्न प्रतिपरिवार न्यूनतम २० हजारदेखि ५५ हजारसम्म अनुदान दिइएको छ ।

बेनी नगरपालिकाका सबै वडामा खरको छाना विस्थापित गर्ने कार्यक्रम सञ्चालन गरिएको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए । उनका अनुसार बेनी बजारमा खरका छाना रहेका घर नभएकाले बजार बाहेक नगरपालिकाका अन्य सवै वडामा खरका छाना मुक्त घर अभियान सञ्चालन गरिएको हो ।

यसैबीच, आइतवार नै बेनी नगरापालिका–३ मा भएका विकास आयोजनाहरूको अनुगमन गरिएको छ । भकिम्लीमा खरका छाना विस्थापित गर्ने लगायत विकास आयोजनाको नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रशासकीय अधिकृत छविलाल सुवेदी, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडाध्यक्ष पदम पुन, नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीसहित प्राविधिकको टोलीले अनुगमन गरेको हो । भकिम्लीमा सञ्चालित विकास आयोजनाहरूको अवस्था सन्तोषजनक रहेको नगर प्रमुख श्रेष्ठले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)