ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक सर्वेक्षणमा पर्यटन :  आतिथ्यताको क्षमता र पर्यटकको बसाई अवधि बढ्यो   

२०७७ जेठ, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ १३, काठमाडौं । आर्थिक विकासको लागि तुलनात्मक लाभको क्षेत्र मानिएको नेपालको पर्यटन क्षेत्रमा पूर्वाधार र आतिथ्यताको क्षमता बढेको छ । यस्तै आर्थिक सर्वेक्षण अनुसार नेपालमा पर्यटनको बसाइ अवधि पनि लम्बिएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलवार प्रस्तुत गरेको आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार सन् २०१९ मा पर्यटकको सरदर बसाइ अवधि १३ दिन पुगेको छ । सन् २०१८ मा पर्यटकको प्रतिदिन बसाइ औसतमा १२ दशमलव ४ र सन् २०१७ मा १२ दशमलव ६ दिन थियो ।

आर्थिक सर्वेक्षण अनुासर पर्यटक वृद्धिदर ४ वर्षमा सबैभन्दा कम देखिएको छ । सन २०१९ मा जम्मा २ दशमलव १ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ । यो वृद्धिदर २०१८ मा २४ दशमलव ८ र २०१७ मा वृद्धिदर २४ दशमलव ९ प्रतिशत थियो । सन् २०२५ सम्ममा २५ लाख पर्यटन नेपाल ल्याउने र यस क्षेत्रमा करीब ९ लाखलाई रोजगारी सिर्जना गर्ने सरकारको दीर्घकालीन लक्ष्य लिएको छ । 

यस्तै सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्य सहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी काम शुरु गरेपनि कोरोनाको कारण भ्रमण वर्ष स्थगित गर्नु परेको छ । अर्थमन्त्रीले कोरोनाको कारण सबैभन्दा बढि पर्यटन क्षेत्र प्रभावित भएको भन्दै कोरोनाकै कारण पर्यटन क्षेत्रबाट अपेक्षित लाभ लिने स्थिती नरहेको बताए । 

आर्थिक सर्वेक्षण अनुसार नेपालमा तारे होटल, पर्यटक स्तरका होटल तथा होमस्टेहरुको संख्या र क्षमतामा वृद्धि भएको छ । आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५/७६ मा १२९ ओटा तारे होटल रहकोमा आर्थिक वर्ष २०७६/७७ मा त्यो संख्या बढेर १३९ पुगेको छ । 

यस्तै तारे होटलमै एक वर्षको अवधिमा दुई हजारभन्दा बढि शय्या (बेड) क्षमता बढेको छ । पर्यटनबाट आव २०७५/७६ मा रू. ७५ अर्ब ३७ करोड (७५३७.४ करोडमा) आम्दानी भएकोमा आव २०७६/७७ को फागुन मसान्तसम्ममा ५४ अर्ब १० करोड) ५४१०.४ करोडमा) आम्दानी भएको छ ।  आर्थिक सर्वेक्षण अनुसार पर्यटकीय स्तरका होटलहरुको संख्या आव २०७५/७६ मा १ हजार १२५ रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा त्यो १ जार १५१ पुगेको छ ।  संख्या बढेर १३९ पुगेको छ । यस्तै नेपालमा होमस्टेको संख्या पनि बढेको छ । गत वर्ष ३२४ रहकोमा आव २०७६/७७ मा ३८९ ओटा पुगेको छ । 

यस्तै नेपालमा हालसम्म १९ ओटा वायुसेवा कम्सनीले  आन्तरिक उडान तथा ३० ओटा कम्पनीले अन्तरराष्ट्रिय हवाई उडान गर्दै आएका छन् । आन्तरिक उडान दुवै आर्थिक वर्षमा समान रहेपनि अन्तरराष्ट्रिय उडान भने एउटा थपिएको छ । 

लगानीका हिसावले आव २०७६/७७ फागुनसम्म दर्ता भएका विदेशि उद्योगहरुमध्ये पर्यटन क्षेत्रमा १६ प्रतिशत लगानी रहको सर्वेक्षणले देखाएको छ । जबकि उर्जामा ४० प्रतिशत, सेवामुलक उद्योगमा १९ प्रतिशत, उत्पादनमुलक उद्योगमा १८ प्रतिशत लगानी भएको आर्थिक सर्वेक्षणले देखाएको छ । 

नेपालमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना पर्यटक आएका थिए भने सन् २०१९ मा करीब १२ लाख पर्यटक आएका थिए ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)