ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चालू आवमा १०४ मेवा विद्युत् थपियो

११७ स्थानीय तह अझै विद्युत्विहीन

२०७७ जेठ, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । चालू आर्थिक वर्षको फागुनसम्ममा थप १०४ दशमलव ३९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण र निजीक्षेत्रका ११ जलविद्युत् आयोजनाबाट त्यति विद्युत् उत्पादन भएको सरकारले मंगलवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले देखाएको हो ।

विद्युत् उत्पादनका सन्दर्भमा चालू आवलाई निकै महत्त्वका साथ हेरिएको थियो । विशेषगरी ४५० मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको यसै वर्षबाट उत्पादन शुरू हुने अपेक्षासहित चालूू आवमा १ हजार मेगावाट विद्युत् उत्पादन शुरू गर्ने लक्ष्य लिएको थिो । तर, माथिल्लो तामाकोशीको निर्माण कार्य प्राविधिक कारणले ढिलाइ हँुदा अन्य आयोजनाबाट चालूू आवमा ५०० देखि ६०० मेवा विद्युत् उत्पादन हुने आशा गरिएको थियो । तर, कोरोना भाइरस रोकथाम गर्न लगाइएको लडकाउनका कारण त्यो लक्ष्य पूरा हुन नसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले बताए ।

‘केही आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको थियो भने केही आयोजना उत्पादन परीक्षणको तयारीमा थिए । तर, लकडाउनका कारण त्यो पूरा हुन सकेन,’ उनले भने, ‘यद्यपि, यस विषम परिस्थितिमा ऊर्जाक्षेत्रमा भएको प्रगति सन्तोषजनक छ ।’

आगामी वर्ष ऊर्जाक्षेत्रले कुन गति लिन्छ भन्ने विषयमा अनिश्चितता नै रहेको उनले बताए । ‘अब ऊर्जाक्षेत्र कुन रूपमा अगाडि बढ्छ, त्यो लकडाउनले निर्धारण गर्छ । यद्यपि, लकडाउन चाँडै खुल्यो भने आगामी वर्ष माथिल्लो तामाकोशीसहितका आयोजनाबाट १५०० मेवा विद्युत् उत्पादन हुन सक्छ ।’

घट्यो विद्युत् आयात
मुलुकमा आन्तरिक उत्पादन बढेपछि भारतदेखि आयात गरिने बिजुली पनि भारी मात्रामा घटेको छ ।

गत आवमा कुल २ हजार १३ गिगावाट घण्टा बराबरको विद्युत् आयात भएकोमा चालूू आवको ८ महीनामा त्यो भन्दा ४ प्रतिशत अर्थात् १ हजार ४६८ गिगावाट घण्टा विद्युत् आयात गरिएको छ ।

त्यस्तै, सरकारले चालूू आवमा ४ हजार २५२ सर्किट किलोमीटर प्रसारण लाइन र १ लाख ४८ हजार किलोमीटर वितरण लाइन विस्तार गरेको छ । समीक्षा अवधिमा प्रसारण लाइनअन्तर्गत कोशी कोरिडोर २२० केभी, सोलु कोरिडोर १३२ केभी, सिंगटी लामोसाँघु कोरिडोर १३२ केभी, चमलिया स्याउने अत्तरिया १३२ केभी, कालीगण्डकी २२० केभी र मस्र्याङ्दी–काठमाडौं २२० केभीका प्रसारण लाइन विस्तार भएका छन् । साथै, अन्य भोल्टेज स्तरका प्रसारण लाइन विस्तारतर्पm ६ आयोजनाहरूको ८६५ सर्किट किमीमध्ये २६१ दशमलव ५ सर्किट किलोमीटर निर्माण सम्पन्न भएको छ ।

सर्वेक्षणअनुसार फागुनसम्म अर्थतन्त्रका सबै क्षेत्रमा कुल ४ हजार ६८३ गिगावाट घण्टा बराबरको विद्युत् खपत भएको छ

गत आवमा वार्षिक कुल विद्युत् खपत ४ हजार ६३ गिगावाट घण्टा बराबर रहेको थियो । चाल आवमा गार्हस्थ्यतर्फ २ हजार २९ गिगावाट विद्युत् खपत भएको छ । यस्तै, औद्योगिक क्षेत्रमा १ हजार ६९७, व्यापारिक क्षेत्रमा ३७१, निर्यातमा १ र अन्यमा ५८२ गिगावाट घण्टा विद्युत् खपत भएको छ ।

विद्युत् पहुँच ९० प्रतिशत
गत आवमा ८८ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच रहेकोमा अहिले त्यो ९० प्रतिशत पुगेको छ । विद्युत् पहुँचका सन्दर्भमा कर्णाली प्रदेश सबैभन्दा पछाडि रहेको छ । कर्णाली प्रदेशमा २७ दशमलव ७४ प्रतिशत जनसंख्यामा मात्र विद्युत् पहुँच पुगेको छ । कर्णालीका ३ नगरपालिका र ३८ गाउँपालिकामा अझै विद्युत् पुग्न सकेको छैन । त्यस्तै, सुदूरपश्चिमका ६ नगरपालिका र २५ गाउँपालिकामा पनि अझै विद्युत् पुगेको छैन ।

ऊर्जा सचिव घिमिरेले अबको २ वर्षमा सुदूरपश्चिम र कर्णाली प्रदेशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिइएको बताए । त्यसका लागि आवश्यक स्रोतको पनि सुनिश्चित भइसकेको उनको भनाइ छ । उनले भने, ‘प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई पूर्ण विद्युतीकरण गर्न विदेशी दातृ निकायबाट २२ अर्ब रुपैयाँ सहयोगको टुंगो लागिसकेको छ । अवको २ वर्षमा ती प्रदेशहरू पूर्ण विद्युतीकरण हुन्छन् ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Madhusudan

[May 27, 2020 12:23am]

Bijuli uttpadanma marmot charge liyjasari harek mitterbat mahinako kehi thap rakam uthayra tyasma sakarko 51% rakhera janatalai tyasko shear dine byabastha bhay nepaliko bhabisya ramro hune Taiyo



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)