ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटकीय पूर्वाधारमा सुधार पर्यटक आगमन खस्कियो

२०७७ जेठ, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । कोरोना महामारीका कारण नराम्ररी प्रभावित नेपालको पर्यटन क्षेत्रले चालू आर्थिक वर्षमा पूर्वाधार र आतिथ्य क्षमतामा भने केही प्रगति गरेको छ । तर, पर्यटक आगमन वृद्धिदर ३ वर्षयताकै कम हुन पुगेको छ ।

सन् २०१९ मा पर्यटक आगमन २ दशमलव १ प्रतिशत मात्र बढ्यो । जबकि यो वृद्धिदर २०१८ मा २४ दशमलव ८ र २०१७ मा वृद्धिदर २४ दशमलव ९ प्रतिशत थियो ।
मंगलवार सार्वजनिक भएको आर्थिक सर्वेक्षण अनुसार नेपालमा तारे होटेल, पर्यटक स्तरका होटेल तथा होमस्टेहरूको संख्या र क्षमतामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ मा १२९ ओटा तारे होटेल रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा त्यो संख्या बढेर १३९ पुगेको छ । त्यस्तै तारे होटेलमै १ वर्षको अवधिमा २ हजारभन्दा बढी बेड क्षमता बढेको छ ।

आर्थिक सर्वेक्षण अनुसार नेपालमा पर्यटकको औसत बसाइ अवधि लम्बिएको छ । आर्थिक सर्वेक्षण अनुसार सन् २०१९ मा पर्यटकको औसत बसाइ अवधि १३ दिन पुगेको छ, जुन सन् २०१८ मा १२ दशमलव ४ दिन थियो ।

सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्य सहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी काम शुरू गरे पनि कोरोनाको कारण भ्रमण वर्ष स्थगित गर्नुपरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको कारण सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको भन्दै कोरोनाकै कारण पर्यटन क्षेत्रबाट अपेक्षित लाभ लिने स्थिति नरहेको बताएका छन् ।
पर्यटनबाट आव २०७५/७६ मा रू. ७५ अर्ब ३७ करोड आम्दानी भएकोमा आव २०७६/७७ को फागुन मसान्तसम्ममा ५४ अर्ब १० करोड आम्दानी भएको छ । उक्त सर्वेक्षण अनुसार पर्यटकीय स्तरका होटेलहरूको संख्या आव २०७५/७६ मा १ हजार १२५ रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा बढेर १ हजार १५१ पुगेको छ । त्यस्तै नेपालमा होमस्टेको संख्या पनि ३८९ पुगेको छ ।

नेपालमा हालसम्म १९ ओटा वायुसेवा कम्पनीले आन्तरिक उडान तथा ३० ओटा कम्पनीले अन्तरराष्ट्रिय हवाई उडान गर्दै आएका छन् । आन्तरिक उडान दुवै आर्थिक वर्षमा समान रहे पनि अन्तरराष्ट्रिय उडान भने एउटा थपिएको छ । लगानीका हिसाबले आव २०७६/७७ फागुनसम्म दर्ता भएका विदेशी उद्योगहरूमध्ये पर्यटन क्षेत्रमा १६ प्रतिशत लगानी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)