ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुम्बिनी गुरुयोजनाको काम समयमै सक्न मन्त्री भट्टराईको निर्देशन

२०७७ जेठ, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ १४, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बनी गुरुयोजना अन्तर्गतका योजनाहरु सुचारु गर्दै तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

लुम्बिनी विकास कोषका पदाधिकारीहरुसंग बुधवार ‘भर्चुअल मिटिङ’ गदै मन्त्री भट्टराईले लकडाउनको समय भएपनि सामाजिक दूरी लगायतका स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दैै स्थानीय तहहरुसमेतको समन्वयमा निर्माण तथा अन्य काम सुचारु गरी रहन निर्देशन दिएका हुन् । 

मन्त्री भट्टराईले पाँच निर्माण सम्पन्नको चरणमा रहेको पाँच हजार अट्ने ध्यान केन्द्र सभाहल निर्माणको काम चाँडो सक्न समेत निर्देशन दिएका छन् । 

त्यस्तै, मन्त्री भट्टराईले कोषका पदाधिकारीहरुलाई अन्तरराष्ट्रिय बुद्धिस्ट संगठनहरुसग पनि भर्चुअल बैठक गरी कोराना महामारी विरुद्ध आफ्ना तर्फबाट पनि ऐक्यबद्धता जनाउन सुझाब दिएका थिए ।  

भर्चुअल मिटिङमा कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी, सदस्य सचिव ज्ञानिन राई र योजना शाखा प्रमुख सरोज भट्टराई सहभागी थिए । लकडाउनको समयमा पनि राष्ट्रिय गौरवको आयोजना अन्र्तगको लुम्बिनी विकास कोषमा भइरहेका गतिविधीबारे कोषका पदाधिकारीहरुले मन्त्री भट्टराइलाई जानकारी गराएका थिए ।

लुम्बिनी विकास कोषले कोभिड–१९ को लागि स्थानीय नगरपालिकाको कोषमा १५ लाख नगद जम्मा गरेको समेत कोषका सदस्य सचिव ज्ञानिन राईले बताए । उनले लुम्बिनी क्षेत्र आसपासमा रहेका २२ ओटा क्वारेन्टाईमा समेत विभिन्न खाद्य सामग्री, माक्स सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री समेत प्रदान गरेको उनले बताए ।

सदस्य सचिव राईले लुम्बिनी क्षेत्रमा ध्यान केन्द्रको काम अन्तिम चरणमा पुगेको बताउँदै कर्मचारी आवास गृह, पोखरीको बरिपरी विश्राम स्थल निर्माण गर्ने काम समेत लकडाउनको समयमा पनि नरोकिएको बताए । सानो तिनो गरेर दर्जनौं निर्माणको काम समेत भइ रहेको उनले बताए ।

यसैबीच नेपालको सबैभन्दा बढि भ्रमण गरिने गन्तव्यमा लुम्बिनी रहको छ । सरकारले मंगलवार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१९ मा १७ लाख ७९ हजार ८६ जनाले लुम्बिनीको भ्रमण गरेका छन् । 

लुम्बिनीमा सन् २०१८ मा १५ लाख १७ हजार १४५ जनाले भ्रमण गरेका थिए । सर्वेक्षण अनुसार लुम्बिनी आउनेमा सबैभन्दा आन्तरिक पर्यटक नै छन् भने दोस्रोमा भारतीय नागरिक रहेका छन् । सन् २०१९ मा ७९ प्रतिशत नेपाली, ११ प्रतिशत भारतीय र १० प्रतिशत अन्य मुलुकका नागरिकले लुम्बिनीको भ्रमण गरेका छन् । 

यस्तै गत वर्षको तुलनामा लुम्बिनी आउन पर्यटकहरुको कुल संख्या पनि २ दशमलव ३ प्रतिशतले बढेको छ । सन् २०१९ मा लुम्बिनी भ्रमण गर्न आउने भारतीय पर्यटक आगमन ५ दशमलव ८ प्रतिशत र तेस्रो मुलुकबाट आउने पर्यटक आगमन १ दशमलव ९ प्रतिशतले बढेको आव २०७६÷७७ को आर्थिक सर्वेक्षणले देखाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)