ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा पर्यटन पूर्वाधार विकासमा २ करोड खर्च गरिदैँ

२०७७ जेठ, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

जेठ १४, सल्यान । सल्यान जिल्लामा पर्यटन क्षेत्रको पूर्वाधार विकासमा रू. २ करोड खर्च गर्न लागिएको छ । जिल्लामा रहेका विभिन्न प्राकृतिक तथा धार्मिक सम्पदाको पूर्वाधार विकासमा रू. २ करोड खर्चिन लागिएको हो । 

प्राकृतिक तथा सांस्कृतिक सम्पदाले अब्बल मानिएको सल्यानमा चालू आर्थिक वर्षमा ती सम्पदाहरुको पूर्वाधार विकास गर्न लागिएको छ ।

जिल्लाको प्रमुख पर्यटकिय क्षेत्र कुपिण्डे ताल, खैरावाङ मन्दिर, छत्रेश्वरी लगायतका सम्पदाहरुमा पूर्वाधार विकास गर्न थालिएको छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन विकासमा टेवा पुर्‍याउने उद्धेश्यले पूर्वाधार विकासको काम शुरु गरिएको डिभिजन वन कार्यालय सल्यानले जानकारी दिएको छ । 

चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको विनियोजित बजेटबाट वन कार्यालय मार्फत जिल्लामा पर्यटन पूर्वाधारको काम शुरु गरिएको छ । जस अनुसार चालू आर्थिक वर्षमा जिल्लाका ६ ओटा पर्यटकिय क्षेत्रमा रू. २ करोड बराबरको पूर्वाधार विकास गर्न थालिएको डिभिजनल वन अधिकृत रमेश कुमार गिरीले जानकारी दिए । 

जस अन्तर्गत कुपिण्डे तालमा पूर्वाधार विकासको लागि रु. ४० लाख, खैरावाङ मन्दिरमा रू. ४० लाख, छत्रेश्वरी धाम पूर्वाधार विकासको लागि रू. ३० लाख, चाँदनी सातसते गुफाको लागि रू. २० लाख, लक्ष्मीपर पर्यटन पूर्वाधारको लागि रू. २० लाख र सिद्ध गुफा पर्यटन पूर्वाधारको लागि रू. ५० लाख विनियोजन भएको छ । 

ती मध्ये छत्रेश्वरी धाम, चाँदनी साततले गुफा र खैरावाङ मन्दिरमा पूर्वाधार विकासको लागी सम्झौता भइ कार्यान्वयनको चरणमा रहेको उनको भनाइ छ । बाँकी तीन ठाँउको कार्यालयले सर्वे गरी लागत अनुमान तयार पारेको र सम्झौता गरेर काम अगाडी बढाउने प्रक्रियामा रहेको उनले बताए ।

उनले जिल्लाका पर्यटकिय क्षेत्रहरुमा सिढी, प्रतिक्षालय, प्रवेशद्वार लगायतका विभिन्न कामहरु सञ्चालन गरिने बताए । 

कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण समयमा नै काम सुचारु गर्न नसकिएको बताउँदै उनले अहिले आवश्यक सर्तकता सहित भौतिक दूरी कायम गरेर काम सुचारु गरिएको जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)