ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संविधान संशोधन प्रस्ताव हटाइएको विषयमा कांग्रेसलाई जोड्नु आपत्तिजनक : कांग्रेस

२०७७ जेठ, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ १४, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बुधवारको बैठकको कार्यसूचीबाट ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक’ हटाइएको विषय र त्यसमा नेपाली कांग्रेसलाई जोडेर गलत प्रचार गरिएको भन्दै आपत्ती प्रकट गरेको छ । 

कांग्रेसले मंगलवार आयोजित सर्वदलीय बैठकमा लिपुलेकमा भारतले बनाएको सडकप्रतिको आफ्नो प्रष्ट विरोध र नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नक्साप्रतिको आफ्नो समर्थन प्रष्ट भाषामा प्रस्तुत गरिसकेको उल्लेख गर्दै यस्तो अवस्थामा संसदको कार्यसूचीबाट संशोधन विधेयक हटाएर त्यसको दोष नेपाली कांग्रेसलाई थोपर्न खोज्नु नियोजित, निन्दनीय र आपत्तिजनक भएको टिप्पणी गरेको छ । 

संसदको प्रक्रियालाई अन्य कुनै कारणले मुल्तविमा राख्ने र दोष अरुलाई लगाउने प्रवृत्ति गम्भीर र खेदजनक रहको भन्दै कांग्रेसले संशोधन प्रस्तावलाई संभावित कार्यसूचीबाट हटाउन कांग्रेसले माग नगरेको र यसको पूर्व सूचना संसदीय दलका साथीहरुलाई नदिइएको बताएको छ । 

‘प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १३ गते बोलाउनु भएको सर्वदलिय बैठकमा संविधान संशोधनको प्रस्तावप्रति पार्टी केन्द्रीय समितिकै बैठकबाट संस्थागत निर्णय लिइने पूर्व घोषणा सर्वदलीय बैठकमा जानकारी गराइएको विषयलाई ‘कांग्रेसले समय मागेको’ भन्ने ढंगले उच्च तहबाट सम्प्रेषण गरिनु  नियोजित, निन्दनीय र आपत्तिजनक छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

‘संशोधन प्रस्ताव दर्ता हुँदै गर्दा प्रतिपक्ष लगायत संसदमा रहेका कुनै पनि दलसँग परामर्श गर्ने कर्तव्य सरकारले स्मरण नगरे पनि संविधान संशोधन जस्तो बिषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जाँदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने धारणामा नेपाली कांग्रेस प्रष्ट छ’, विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले यस्तो प्रचभारलाई गोयवल्स शैलीका प्रोपोगन्डाहरुको संज्ञा दिँदै स्वदेशको सत्तादेखि विदेशको संचारमाध्यम जो कोहिबाट जुन रुपमा भएको भएपनि त्यसप्रति सजग रहँदै कुनै पनि खाले भ्रमबाट मुक्त रहन आग्रह गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)