ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेटमार्फत पूँजीबजारको लागि राहत र सुधारका कार्यक्रम नल्याए आन्दोलन शुरु गर्ने चेतावनी

२०७७ जेठ, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

जेठ १५, काठमाडौं । शेयर लगानीकर्ता दबाब समूहले बिहीवार सार्वजनिक हुन लागेको बजेटमा पूँजीबजारका लागि राहत र सुधारका कार्यक्रम नल्याए शुक्रवारदेखि आन्दोलन शुरु गर्ने चेतावनी दिएको छ । 

दबाब समूहले आफ्नो फेसबुक पेजमा लेख्दै बजेटले राहत र सुधारका कार्यक्रम नल्याए आन्दोलनका लागि तयारी अवस्थामा बस्न सबै लगानीकर्ताहरुलाई भनेको छ ।
 

बिहीवार अपरान्ह ४ बजे सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्याउने तयारी भइरहँदा शेयर लगानीकर्ता दबाब समूहले भने दुई महीनाभन्दा बढी समय बजार बन्द भएकाले यसबाट आम लगानीकर्तामा परेको असरलाई ध्यानमा राखी सरकारले राहतका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको छ ।

कोरोना संक्रमण तथा रोकथामका लागि गत चैत १० गतेदेखि बन्द रहेको नेपालको शेयर बजार लगानीकर्ताको हितका लागि गत वैशाख ३० गतेदेखि खुला गरिएको थियो । 

तर लकडाउनका बीच बजारले अपेक्षाकृत गति लिन नसकेपछि दुई दिनको कारोबार भई जेठ १ गतेदेखि पुन : बन्द भएको छ । उक्त दुई दिनको कारोबारमा लगानीकर्ताले रू. ६३ अर्बभन्दा बढीको सम्पत्ति गुमाएका छन् । 

उक्त सम्पत्ति फिर्ता गर्न माग गर्दै लगानीकर्ता संघहरुले दुई दिनको कारोबार रद्ध गर्नसमेत माग गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)