ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन व्यवसायीलाई कर्जा उपलब्ध गराउन ५० अर्बको छुट्टै कोष

पर्यटन पूर्वाधारको लागि १ अर्ब २६ करोड बजेट विनियोजन

२०७७ जेठ, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

जेठ १५, काठमाडौं । सरकारले घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुट्टै कोष खडा गर्ने व्यवस्था गरेको छ । 

राष्ट्र बैंकमार्फत सञ्चालन हुने यो कोषमा सरकार र सरकारी स्वामित्वका सार्वजनिक संस्थान र दातृनिकायबाट प्राप्त हुने रकम रहने अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा बताएका छन् ।

यस्तै निजी क्षेत्रको समेत सहभागितामा हिमाली तथा पहाडी क्षेत्रमा पर्यटन क्षेत्रको विकासको लागि सरकारले रू. १ अर्ब २६ करोड बजेट विनियोजन गरेको छ । यस्तै आउने वर्ष सबै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार विकस गरिने भएको छ । जसमा एक प्रदेश एक प्रमुख पर्यटकीय गन्तव्य विस्तार गरिने छ । 

पर्यटन क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न पर्यटन विश्व विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने अर्थ मन्त्रीले बताएका छन् । यस्तै सरकारले माध्यामिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषयको अध्ययन गराउने भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)