ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोलखामा पहिलो पटक देखियो कोरोना संक्रमण

२०७७ जेठ, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

जेठ १५, दोलखा । दोलखामा पहिलो पटक कोरोना संक्रमण देखिएकोे छ । भीमेश्वर नगरपालिका वडानम्बर दुई तिखातल का ७६ वर्षिय वृद्धमा कोरोना संक्रमण देखिएको हो ।

बिरामी भई उपचार गर्न काठमाडौं लगिएका ७६ वर्षिय वृद्धलाई कोरोना संक्रमणको पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विभुकुमार झाले जानकारी दिए । 

काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा आरडीटी पोजेटीभ देखिएकोपछि पीसीआर परीक्षणका लागि उनको स्वाब टेकु अस्पताल पठाइएको थियो । पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटीभ देखिएपछि हाल उनको उपचार टिचिङ अस्पतालमा भइरहेको बताइएको छ ।

हिँडडुल गर्न नसक्ने ती वृद्धलाई उच्च रक्तचाप देखिएपछि शनिवार स्थानीय अस्पतालमा उपचारको लागि लगिएकोमा टाउकोमा रगत जमेको कारण काठमाडौं रिफर गरिएको संक्रमितका भाइले बताए । 

संक्रमितको परिवारलाई बाह्य सम्पर्कका लागि रोक लगाइएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी बताए । 

घरमा रहेका २ छोरीको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइने प्रजिअ शर्माले जानकारी दिए । संक्रमितको सम्पर्कमा रहेकाहरु, संक्रमितलाई काठमाडौं लैजाने एम्बुलेन्स  चालक लगायतको ट्रेसिङ शुरु गरिएको उनको भनाइ छ ।     

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)