ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तेस्रो मुलुकबाट नेपाली स्वदेश फर्काउने निर्णय

भारतमा रहेका नेपाली तोकिएको नाकाबाट मात्र आउन पाउने

२०७७ जेठ, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar टीपी भुसाल

जेठ १६, काठमाडौं । सरकारले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रवार बसेको बैठकले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । 

मन्त्रिपरिषद् बैठकले यसअघि नै विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश ल्याउने निर्णय गरेको थियो । जसमा आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजक्रिया गर्न आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरुलाई नेपाल फर्काइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए । 

सचिव विडारीका अनुसार श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोना बाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई पनि स्वदेश फर्काइने छ । यसका साथै सरकारी सेवामा रहि तालिम वा अध्ययनका लागि विदेशमा रहेका नागरिकले स्वदेश फर्किनको लागि सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाउनुपर्ने सचिव विडारीले बताए । 

यस्तै समितिले भारतमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश ल्याउनको लागि देशका विभिन्न नाकाहरुलाई आधिकारिक नाकाको रुपमा रुपमा तोकेको छ । यस्ता नाकाहरुका जसअनुसार पशुपतिनगर, काँकडभित्ता, रानी, ठाडी, माडर, मलंगवा, गौर, वीरगञ्ज र महेशपुर नाका तोकेको छ । यसैगरी सुनौली–बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी र झुलाघाँट रहेका छन् । 

तेस्रो मुलुकबाट आउने नेपालीको हकमा सरकारले सम्पूर्ण देशबाट विवरण प्राप्त भएपछि उद्धारको लागि पहल गर्ने सचिव विडारीले बताए । सचिव विडारीकाअनुसार प्राप्त विवरण पहिचान गरी परराष्ट्र मन्त्रालयले त्यसको सूची संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालाई दिने र पर्यटन मन्त्रालययले हवाई उडानको व्यवस्था गरेर उनीहरुलाई नेपाल ल्याउने छ । 

यसको लागि नेपाल वायुसेवा निगम वा नेपालका अन्य वायुसेवा निगमबाट उनीहरुको उद्धार गरिने छ । नेपाल वायुसेवा निगमले शुरुमा चीनको वुहानबाट नेपालीलाई उद्धार गरी ल्याएको थियो । विभिन्न देशमा रहको नेपालीहरु आउन चाहेपनि यस सम्बन्धि स्पष्ट व्यस्था नभएको कारण चाहेर पनि स्वदेश आउन सकेका छैनन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)