ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

होटेलमा क्वारेन्टाइन : पर्यटकीय स्तरका होटेलको शुल्क घटाइयो

२०७७ जेठ, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । मुलुकभित्रका होटेलहरूलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न रू. ३ हजारदेखि रू. १६ हजारसम्म शुल्क तोकेको होटेल एशोसिएशन नेपाल (हान)ले पर्यटकीय स्तरका होटेलको शुल्क घटाएको छ । विदेशबाट नेपाल आई एकतारे तथा पर्यटकीय स्तरका होटेलमा क्वारेन्टाइनका रूपमा बस्ने नेपालीले ३ हजार रुपैयाँ तिर्नुपर्ने गरी हानले दर संशोधन गरेको हो ।

संशोधित दरसँगै यस्ता होटेलमा बस्नेले एउटा कोठा प्रयोग गरे उक्त रकम र दुई जनाले एउटै कोठा प्रयोग गरे ४ हजार रुपैयाँ शुल्क प्रतिदिन तिर्नुपर्ने व्यवस्था गरिएको हानका महासचिव साजन शाक्यले बताए ।

यसअघि पर्यटकीय स्तरको होटेल प्रयोग गर्नेले प्रतिव्यक्ति ५ हजार रुपैयाँ तोकिएको थियो भने सोही कोठा दुई जनाले प्रयोग गरे ६ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको थियो । हानले मुलुकभर रहेका २० हजार कोठा क्वारेन्टाइन बनाउन सक्ने बताएको छ । मुलुकभर रहेका १५ ओटा हान च्याप्टरमध्ये काठमाडौं, पोखरा, चितवन, भैरहवा, नेपालगञ्ज, विराटनगर, भक्तपुरलगायतले कति कोठा उपलब्ध गराउन सकिन्छ भन्ने विषयको जानकारी हानलाई गराइसकेका छन् ।

सोहीअनुसार यी क्षेत्रमा रहेका होटेलले उक्त संख्यामा कोठा उपलब्ध गराउन सक्ने शाक्यले बताए । अहिले नै काठमाडौंमा ३१००, पोखरा, चितवन, भैरहवामा ४/४ हजार गरी १२ हजार कोठा, नेपालगञ्जमा २५०० गरी १७ हजार ६०० क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने हानले बताएको छ । यसका साथै भक्तपुर, विराटनगर च्याप्टरबाट पनि केही संख्या आएकाले यो संख्या २० हजार पुग्ने शाक्यले बताए । होटेलहरूलाई आवश्यताअनुसार क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने विषयमा सरकारले निर्णय गरेपछि हानले पनि होटेल क्वारेन्टाइनका रूपमा प्रयोग गर्न दिन सहमत भएको हो । हानले एकतारे तथा पर्यटकीय स्तरका होटेलदेखि पाँचतारे होटेलहरू प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।

हानले विदेशबाट आउने नेपालीले आफ्नो पायक पर्ने ठाउँका होटेलहरू प्रयोग गर्न सक्ने गरी व्यवस्था गरेको छ । यसैगरी क्वारेन्टाइनमा बस्नेले पाँचतारे तथा डिलक्स रिसोर्ट प्रयोग गर्दा प्रतिव्यक्तिले १६ हजार रुपैयाँ र एक रूममा दुई जना बसेमा भने प्रतिव्यक्ति १० हजार रुपैयाँ, चारतारे होटेलका लागि १४ हजार रुपैयाँ र दुई जनाले शेयर गरेर बसेमा ८ हजार रुपैयाँ तिर्नुपर्ने, ३ र २ तारे होटेलमा बस्दा १० हजार रुपैयाँ र दुई जना बस्दा प्रतिव्यक्ति ६ हजार रुपैया तिर्नुपर्ने छ ।

क्वारेन्टाइन अवधिभरि उपलब्ध गराइने ४ छाक खाना, आवश्यक पर्ने आधारभूत सेवा सुविधा, सञ्चार, पानी, बिजुलीलगायत सुविधा उपलब्ध गराइने हानको भनाइ छ । हान सदस्य होटेलसँग मात्रै मुलुकभर ५० देखि ६० हजारसम्म बेड क्षमता छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)