ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : कृषि, पर्यटन र पूर्वाधारमा जोड

२०७७ जेठ, १८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

जेठ १८, कास्की । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणका कारण प्रदेशको विकास निर्माणमा बाधा उत्पन्न भएको बताउँदै प्रदेशको विकास र समृद्धीलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकमा आइतवार प्रस्तुत गरेका हुन्  ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  प्रदेश प्रमुख शेरचनले सरकार पहिलो प्रथामिकतामा स्वास्थ्य पूर्वाधार निर्माण, कृषि, रोजगारी र आर्थिक पुर्नरोत्थानका कार्यक्रम ल्याउने बताए ।

उनले प्रदेशको समृद्धी हासिल गर्न सन्तुलित विकाससँगै समृद्ध प्रदेश सुखी नागरिकको नारा अनुसार सरकार अघि बढ्ने बताए । प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधता युक्त प्रदेशलाई सभ्य, सुसंस्कृत प्रदेशका रूपमा विकास गर्दै अघि बढ्ने नीति सरकारले लिएको उनले बताए ।

प्रदेश प्रमुख अमिक शेरचनले कोभिड–१९ का कारणले सिर्जित असहज अवस्थाबाट संकटमा परेको अर्थतन्त्रलाई चलायमान बनाउने, स्वास्थ्य उपचार र पूर्वाधार निर्माणमा जोड दिने बताए । उनले कृषि क्षेत्रको यान्त्रीकरण र आधुनिकीकरणका माध्यमबाट रोजगारी सिर्जना तथा उत्पादकत्व वृद्धिको योजनालाई आगामी वर्षको नीति कार्यक्रममा समेटिएको बताए ।

कोरोना भाइरसको महामारीका बीच आएको सरकारको नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्रका पूर्वाधार विकासमा बढी केन्द्रित देखिएको छ । अधिकांश कार्यक्रमहरू गत वर्षकै नीति तथा कार्यक्रममा समेटिएको र अहिले पनि त्यसैलाई निरन्तरता दिएको पाइएको छ ।

पर्यटन, कृषि, सहकारी तथा युवा रोजरगारको राम्रो नारा दिइएको नीति तथा कार्यक्रमले यस वर्ष नतिजा दिने विश्वास प्रदेश सरकारको छ । प्रदेशको प्रथम पञ्च वर्षीय योजनामा कोभिड–१९ ले पारेको प्रभावले विकासका लक्ष्यहरुमा प्राथमिकरण गर्नुपर्ने भएको नीति तथा कार्यक्रममा जानकारी दिइएको छ ।

गण्डकी विश्वविद्यालयको स्थापनासँगै विश्वविद्यालयमा स्वास्थ्य र सूचना प्रविधी शिक्षा, विद्यालय तहको शिक्षालाई प्रभावकारी बनाउदै उच्च शिक्षालाई प्रविधीमैत्री बनाउन जोड दिने जानकाी दिइएको छ ।

प्रदेशको खेलकुदलाई अघि बढाउन आवश्यक ऐनको तर्जुमा गर्ने, हाइअल्टिच्युड प्रशिक्षण केन्द्र, अन्तरराष्ट्रियस्तरको क्रिकेट रंगशालको निर्माण र प्रदेश भित्र आयोजना हुने राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलकुद कार्यक्रम आयोजना गर्न सहयोग पुर्‍याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले कार्यक्रम राम्रो भए पनि कार्यान्वयन हुनेमा शंका रहेको बताए । नीति तथा कार्यक्रम राम्रो आएपनि कार्यन्वयनमा नभएपछि त्यसको अर्थ नरहने उनले बताए। 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)