ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा कोरोना नियन्त्रणमा त्रिपक्षीय सहकार्य

खर्च स्थानीय तहको, व्यवस्थापन संकट व्यवस्थापन केन्द्र र जिल्ला कमाण्ड पोष्टको

२०७७ जेठ, १९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । सुनौली नाकाबाट जेठ ९ गते आएका म्याग्दीको मालिका गाउँपालिका–४ महभिरका ३० वर्षीय पुरुषलाई कोरोना पुष्टि भएपछि जिल्लामा कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम र न्यूनीकरणको लागि सम्बन्धित निकायहरूबीच समन्वय तथा सहकार्य गर्ने निर्णय गरिएको छ ।

जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अवस्थालाई ध्यानमा राख्दै भारतीय सीमावर्ती नाकाबाट गरिने उद्धार र जिल्लामा समेत आवश्यक सतर्कतामा सरोकारवालाहरूबीच सहकार्यमा जोड दिने शनिवारको सर्वदलीय सर्वपक्षीय बैठकले निर्णय गरेको हो ।

बैठकले भारतमा अलपत्र परेका जिल्लावासीको उद्धारमा सबै स्थानीय तहले जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला कमाण्ड पोष्टसँग समन्वय गर्ने र दुईओटा जीप तथा चालक समेतको व्यवस्था गरी चौबीसै घण्टा सञ्चालन गर्न सकिनेगरी तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

अहिलेसम्म जेठ ९ गतेयता भारतबाट १ सयभन्दा बढी म्याग्देलीलाई उद्धार गरी बेनीमा ल्याएर क्वारेन्टाइनमा राखिएको छ । भारतमा अझै ठूलो संख्यामा अलपत्र परेको र उनीहरू जिल्ला आउन चाहेकाले उद्धार सहज बनाउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताए ।

उनका अनुसार बैठकले आइसोलेसन निर्माणको लागत सम्बन्धमा स्थानीय तहहरूले नै साझेदारी गर्ने र थप व्यवस्थापनको खर्च समेत सबै स्थानीय तहले समानुपातिक रूपले बेहोर्ने निर्णय भएको छ । बेनीमा ल्याएर क्वारेनटाइमा रहेका व्यक्तिको खाना र अत्यावश्यक सामग्रीको खर्च नागरिकको संख्या अनुसार सम्बन्धित स्थानीय तहले व्यवस्था गर्ने निर्णय भएको छ ।

यस्तै भारतबाट आउने सबैलाई बेनीकै क्वारेन्टाइनमा राख्ने र पीसीआर विधिबाट कोरोना परीक्षण गर्न ६०० ओटा भीटीएम किटको व्यवस्थापन गरिने भएको छ । जेठ १० गते आएका २९ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएको छ । जेठ ११ गते आएका २० जनाको शुक्रवार स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)